इटहरी /प्रधान सेनापती राजेन्द्र क्षेत्रीले अनुशासन नै राष्ट्रसेवाको मुल जग भएको बताएका छन् । नेपाल सरकारको युवा सशक्तीकरण राष्ट्रिय कार्यक्रम अन्र्तगत ४४औं जुनियर डिभिजन तालीम एन सि सि दिक्षान्त समारोहमा सेनापती राजेन्द« क्षेत्रिले यस्तो बताएका हुन् । बिद्यार्थीलाई अनुसासन, व्यत्तित्व, नेतृत्व क्षमताको बिकास गर्ने उद्येश्यले नेपाली सेनाको राष्ट्यि सेवा दलले सय दिन सम्म नेपाल सरकारको युवासशक्तीकरण कार्यक्रम अन्र्तगत एनसिसि तालीम पदान गर्दै आएको छ ।
दिक्षान्त समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथी राजेन्द्र क्षेत्रीले नेपाली सेनाकै मातहतमा रहेको राष्ट्यि सेवा दलले आफनो स्थापनाकाल देखि नै प्रकोपका समयमा उद्धार ,खोज, प्राथमिक उपचार गर्ने सक्ने बनाउने गरी युवाहरुलाई तालिम दिदै आएको बताएका छन् ।

मोरंगको याङ्गसिलामा बिभिन्न छ जिल्लाका बिद्यालयहरुबाट बिद्यार्थीहरुलाई सहभागी गराई नेपाली सेनाको राष्ट्रिय सेवादलले बिद्यालयमा ७९ दिन र २१ दिन सम्म सेनाको ब्यारेक भित्र गरि जम्मा सय दिन सम्म बिद्यार्थीलाई नेतृत्व, व्यत्तित्व तथा अनुसासन जस्ता बिषयमा तालीम प्रदान गरेको थियो ।

तालिम समापन तथा दिक्षान्त समारोहमा प्रमुख अतिथी प्रधान सेनापती राजेन्द्र क्षेत्रीले क्याडेट छात्र छात्राको कवाज अवलोकन ,क्याडेट छात्र छात्रालाई दज्यार्नी चिन्ह प्रदान गर्नुका साथै पुरस्कार र प्रमाण पत्र समेत वितरण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया