बिराटनगर/ लामो कसरत पछि संञ्चालनमा आएको देशकै जेठो उद्यो बिराटनगर जुटमिल पुन बन्द हुने अवस्थामा पुगेको छ । नेपाल बिद्युत प्राधिकरणले १० दिने अल्टिमेटम दिदै बिद्युत महसुल ४० लाख रुपैया तत्काल नबुझाए बिराटनगर जुटमिलको बिद्युत कटौती गर्ने जनाएको छ । लामो समयदेखिको बिद्युतको बिल बिराटनगर जुटमिलले तिर्न सकेको छैन । दैनि १ सय १० जना लाई रोजगार दिदै आएको बिराटनगर जुटमिलले ले १० दिन भित्र १० लाख र बाँकि बक्यैता एक महिना भित्र तिरिसक्नुपर्ने छ ।

उद्योगका संञ्चालक समितीले माथिल्लो निकाय र ब्याक्तिगत भनसुनको आधारमा बिद्युट नकाट्न आग्रह गर्दा १० दिनको समय पाएको हो । यता उद्योगमा पहिले पनी बिद्युकै कारणले गर्दा उद्योग बन्द भएको थियो । तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहललको पहलमा बिराटनगर जुटमिल उद्योगमा बिद्युतको थ्रिफेस लाइन जडान गरीएको थियो ।

यद्यपी बिद्युलको महसुल मात्रै ४० लाख भन्दा माथि रहेको र अन्य ऋण पनी रहेका कारण कुनैपनी बेला बिराटनगर जुटमिल बन्द हुने अवस्थामा छ । उद्योगमा आर्थीक अभाव भएका कारणले गर्दा संञ्चालनमा आउनुपर्ने मेसिन समेत थन्किएर बसेको छ । करीब ५ लाख को लागानी हुने होभने तत्काल उत्पादन हुने समाग्रीको बृद्धि हुने र बेरोजगार भएका हरु अन्यले रोजगारी समेत पाउने छ । तर बिद्युतको महसुल समेत तिर्न नसक्दा बिराटनगर जुटमिल बन्द हुने अवस्था मा पुग्नु परेका हो ।

तपाईको प्रतिक्रिया