प्रतिक श्रेष्ठ बिमन श्रेष्ठ मोरंङ

बिराटनगर भन्सारकार्यालयका प्रमुख र भन्सार एजेन्टको मिलेमतोमा ब्यावसायीले त्रास र मर्का दुवै खेप्नु परेको एक घटनाले पुष्ठाएको छ । करीव १० दिन देखि बिवेक सप्लायसले ल्याएको मार्वल सहितको ट्रकलाई एजेन्ट बिनोद पोदार ले पास गराउने तयारी गरेपनी भन्सर प्रमुख हिमांशु अधिकारी र पोदारआफनै जालसाँझमा ब्यापारीको मालबाहक ट्रक १० दिन देखि रानि भन्सारमा थन्किएको हो ।

दैनिक रुपमा आफु भन्सार धाएको भएपी बिभिन्न बाहना बनाएर बालबाहक ट्रक भन्सार कार्यालयले छाड्न नमानेको पिढित बिवेक पोख्रेलले बताए । आफुले जिएस्टि सहितको बिल र बैक बाट पार्टिलाई तिरेको रकमको बिल समेट भन्सालाई दिएको भएपनी सस्तोमा सामान ल्याएको भन्दै फाइन हान्न भन्सार कार्यालय तयार रहेकोले आफु मर्कामा परेको पिढित पोख्रेलको भनाइ छ ।

लामो समय देखि भन्सारमा सामान अल्झीएका कारण दुख पाएको भन्दै भन्सार कार्यालय प्रमुखललाई मिलाएर छाडिदिन पिढित ब्यावसायीले आग्रह गरेका भएपनी एजेन्ट बिनोद पोदारले पेनाल्टि नतिरी नहुने बताएका थिए । ब्यावसायी ले पेनाल्टि समेत तिर्न तयार भएको तर पेनाल्टि तिर्दा ब्यावसायी कालोसुचिमा पर्ने भएकाले नतिरेको ब्यावसायीको भनाइ छ । तर यस बिषयमा भन्सार कार्यालयका प्रमुख हिमाँशु अधिकारी संग थप जानकारी लिन खोज्दा उनले आफु भारतको अरारीया जिल्ला जानलागेकाले भेट्न नमिल्ने बताएका थिए ।

त्यसोत बिराटनगर रानि भन्सार पछिल्लो समय कर्मचारी र एजेण्टहरुका लागी राम्रो पैसा आर्जन गर्ने स्थानको रुपमा परीचीत बन्दै छ । ब्यापारीलाई दुख दिएर भएपनी बिभिन्न बाहनामा रकम लिइने प्रवीधि अनण्डर बिलीङ र सेटिङको आधारमा रकम असुल्न पोक्त भन्सर कर्मचारी र एजेण्टका कारण समस्या सिर्जना हुँदै आएको देखिएको छ । एक ट्रक सामान भन्सार पास गराएर ब्यापारीको गोदाम सम्मपुग्दा ब्यापारीले बिल बिनाको १२ हजार देखि ६० हजार सम्मको बिना शिर्षकको रकम तिर्नु पर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया