इटहरी । जाडो मौषममा कम रक्त संकलन हुने भएका कारण अस्पतालहरुमा उचारका लागि आउने विरामीहरुलाई आवश्यक रगत कमी हुने गरेको तर्फ मध्यनजर गर्दै इटहरी क्षेत्रमा रक्तदान कार्यक्रम हुने क्रम वढेको छ ।
पुर्वमै सवै भन्दा बढी रक्तदान कार्यक्रम हुने इटहरीमा पछिल्लो पटक बुद्ध गुम्वा, तमु ह्युल छोँजधी राष्ट्रिय परिषद र तमुस्यो ह्युल छोँजधी गुरुङ मलिहा राष्ट्रिय परिषद समेतको सक्रियतामा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको  तमुस्यो सुनसरी जिल्ला सचिव मिश्रा गुरुङ्गले वताइन । रक्तदान कार्यक्रममा नेपाल रेडक्रम सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो ।
जाडो महिनामा रक्तसंचार केन्द्रहरुमा न्युन संख्यामा मात्र रगत संकलन हुने भएका कारण विरामीहरुलाई आवश्यक पर्ने रगत संकलनका लागि रक्तसंचार केन्द्रहरुले रक्तदान कार्यक्रम गर्न आग्रह गर्दै आएका छन । जाडो बढेसंग सुनसरी र मोरगंका स्वास्थ्य संस्थाहरुका विरामीको संख्या समेत बढ्न थालेको छ ।
कार्यक्रम धनबहादुर घलेको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाका अध्यक्ष बिमल पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया