इटहरी । नेपाल इ रिक्सा व्यवसायी संघ प्रदेस नम्बर १ ले पुर्वबाट इ रिक्सालाई व्यवस्थित गर्ने नाममा हटाउन लागिएको आरोप लगाएको छ ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी संघले पुर्वपश्चिम राजमार्गमा सञ्चालनमा इ रिक्सा अथार्त सिटी सफारीलाई रोक लगाउने नाममा हटाउन खोजिएको आरोप लगाएको हो । सो अवसरमा सिटी सफारी व्यवसायीहरुले सिमीत संख्यामा दर्ता नगराई सुरुवातमा मनपरी रुपमा दर्ता छुट दिने तर धेरैले खरिद गरि सकेर चलाउन थालेपछि रोक्न खोज्नु न्याय संगत नहुने वताएका हुन ।

पत्रकार सम्मेलनमा टे्ड युनियन महासंघका राजन काफ्लेले वार्षिक रुपमा ३६ हजार कर तिर्ने सिटी सफारीलाई व्यवस्थित गर्ने नाममा सञ्चालनमा रोक लगाउनु नहुने तर्क गरे । उनले पुर्व पश्चिम राजमार्गमा सञ्चालनमा रोक लगाउने नियम पालना गर्न आफुहरु समेत तयार रहेको भएपनि पुर्वका सवै जस्तो ठाँउमा भित्र सडकहरु प्रयोग गर्न मिल्ने अवस्थामा नभएकोले पुर्वाधार निर्माण गरी दिनु पर्नेमा जोड दिए । त्यसै गरी अन्य वक्ताहरुले समेत बैदेशिक रोजगारी छोडेर स्वदेसमै बसेर काम गर्ने युवाहरुको मुख्य रोजाईमा पर्न थालेको सिटी सफारी सञ्चालनमा रोक लगाउन लागेको आरोप समेत लगाए । उनीहरुले महिलाले समेत आत्मनिर्भरताको लागि सिटी चलाउन थालिरहेको अवस्थामा एकाएक सञ्चालनमा रोक लगाउन खोज्नु अर्काे सवारी साधनलाई स्थापित गर्न खोजिएको हुन सक्ने दावी समेत गरे । पत्रकार सम्मेलनमा व्यवसायी तथा सिटी चालकहरुले समेत आ आफनो समस्याका विषयमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया