इटहरी, ११ पुष, इटहरी । जननिर्वाचित पदाधिकारीहरु आएपछि स्थानीय तहमा सर्वसाधारण गाउँ वा नगरमा बसोवास गर्दै आएका सेवाग्राही नागरिकहरुले उचित सेवा सरल र सहज रुपमा प्राप्त गर्न सक्नेछन भन्ने चाहाना विस्तारै मिथ्या सावित बन्दै गई रहेकाे छ ।

स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि जनताका काम सरल र सहज रुपमा हुने धेरैले विश्वास लिएका थिए तर सुनसरीको इटहरी उपमहानगरपालिकामा भने जनप्रतिनिधि आएपनि कर्मचारीहरुको मनपरी कायम रहेको देखिन्छन ।

मंगलवार हामी इटहरी उपमहानगरपालिको कार्यालयमा विहान साडे दस बजे पुग्दा अधिकाँस कर्मचारीहरु कार्यालयमा आइपुगेका थिएनन । कार्यालयका अधिकाँस शाखाहरु खुल्ला रहेपनि कर्मचारी विहीन देखिन्थे कतिपय शाखाहरुमा कर्मचारी नभएपनि पखांका भने घुमिरहेका देखिन्थे । कार्यालय खुल्ने समयमै कामका लागि १० बजे नै नगरपालिका पुगेपनि कर्मचारी नभेटिएपछि अन्यौलमा परेका देखिन्थे ।

स्थानीय तहलाई अधिकार सम्पन्न वनाउने भन्दै कृषि, शिक्षा, स्वास्थ्य, बातावरण पशुसेवा लगायतका महत्वपूर्ण विषयगत कार्यालयका सेवाहरु समेत प्रवाह गर्ने व्यवस्था रहेको छ । तर ती शाखाहरु अधिकाँसमा विहान साडे दस वजे सम्म कर्मचारीहरु आइपुगेका थिएनन । स्वास्थ्यसंग सम्वन्धी कामका लागि इटहरी–४ बाट आएका सेवाग्राही टीका पराजुली समयमै नभएपछि पर्खिरहेका थिए । कर्मचारी समयमा नआउदा आफुले सास्ती ब्याहोनु परिरहेको उनले गुनासो गरे ।

कर्मचारीहरु मात्र हैन उपमहानगरपालिकाका मेयर र उपमेयर समेत कार्यकक्षमा देखिएनन । , आफुले निरिक्षण गर्ने वताउदै कतिपय विषयगत शाखाका कर्मचारीहरु काममै बाहिर गएको हुन सक्ने वताउछन । उनी आफै पनि साडे दश बज्न लाग्दा मात्र कार्यालयमा प्रवेश गर्दै थिए ।

उपमहानगरपालीकाको यो अवस्था हेर्दा हिजो जननिर्वाचित पदाधिकारी नहुँदाभन्दा अहिले स्थानीय तहमा सर्वसाधारण सेवाग्राहीले धेरै झण्झट हैरानी र खर्चिलो ढङ्गले सेवा लिनु पर्ने जटिल अवस्था सिर्जना भएको छ । सम्बन्धीत निकायको यस तर्फ ध्यान जान जरुरी छ ।

तपाईको प्रतिक्रिया