इटहरी । चार महिना अघि बाढिले विस्थापित बनाएका सुनसरी इटहरीको सुनौलो वस्तीका मानिसहजाडोको समयमा पनि बुढि खोला किनारामा त्रिपाल मुनी वस्न वाध्यरु  हुदै आएका छन ।

पुसको चिसो मौषममा पनि ससाना बालवालिका देखि वृद्धवृद्धाहरु समेत सम्वन्धीत निकायको व्यवास्थाका कारण त्रिपाल मुनी वस्न बाध्य हुदै आएका हुन । गत साउन अन्तिम साता आएको बाढिले इटहरीको वुढि खोला आसपासका सुकुम्वासी वस्तीमा ९ जनाको ज्यान लिएको थियो भने धेरैलाई घरवार विहिन वनाएको थियो । त्यस मध्ये धेरैको पुनरस्थापना भई सकेको छ भने ३१ परिवार अहिले पनि घरवार विहीन अवस्थामा बुढिखोला किनारामै त्रिपाल मुनी वस्दै आएका छन । गत साउन अन्तीम साता आएको वाढीका कारण इटहरीका वाढीपिडीतहरु घरबार विहीन बन्न पुगेक थिए । उनीहरुको हालसम्म पनी व्यवस्थीत व्यवस्थापन हुन सकेको छैन । केहीदिन यता बाक्लो हुस्सु तथा शीतलहर चलेका कारण जनजीवन प्रभावित बनेको छ । वर्षायाममा बाढीले घरबारविहीन बनेका पीडितलाई शीतलहरले नराम्ररी सताउन थालेपछी उनीहरु चिन्तीत बनेका छन ।

 

त्रिपाल तथा जस्ताले छाएको सानो टहरामा वस्दा चिसोको कारण बालवालिका ,वृद्धवृद्धा, महिला तथा अशक्तहरुमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय वताउछन । बाढि आएको केही समय सम्म इटहरी उपमहानगरपालिकाले चासो दिएर सुरक्षित ठाँउमा ऐलानी जग्गा खोजेर बसोवासको व्यवस्था गरिदिने वताएपनि अहिले सम्म कसैले पनि सुरक्षित वसोवासको लागि व्यवस्था नमिलाई दिएको कारण बाध्य भएर त्रिपाल मुनी वस्नु परिरहेको बाढि पिडितहरु गुनासो गर्दछन । सुरक्षित ठाउँमा वस्न पाउने आशा संगाल्दा संगाल्दै आएपनि कसैले चासो नदिएको कारण आफुहरु पुरानै ठाउँ खोलाको किनारामा वस्नु परिरहेको समेत उनीहरुको गुनासो रहेको छ ।

चिसोबाट बच्न घर, सिरक तथा अन्य न्याना कपडाहरु अभाबका कारण उनीहरु त्रिपाल र चटाई का भरमा जाडो थेग्न बाध्य छन । बाढी प्रभावित बस्तीहरूमा ओढ्ने–ओछ्याउने नहुँदा धेरै स्थानीय चिसोबाट प्रभावित बन्दै आएका हुन । वाढीमा सर्वस्व गुमाएर पालको सहारामा रात काट्न बाध्य पिडीतको लागी खानेपानी, बिजुलीबक्ति र सौचालयको अभाव छदैछ, त्यो भन्दा ठूलो समस्या, खानपीनको बन्दोबस्ती गर्नु र जाडोबाट बच्नु हो । त्यसैले उनीहरुलाई लागि पेट भर्न खानाको जोहो कसरी गर्ने र जाडोबाट बसरी बच्ने भन्ने नै चिन्ताले सताउने गरेको छ ।

सुकुम्वासी वस्तीमा बाढिले क्षति पुर्याएपछि स्थानीयलाई सुरक्षित ठाँउमा बसोवासको व्यवस्था मिलाउन ऐलानी जग्गा खोजेर व्यवस्थापन गर्न खोजिएपनि अहिले सम्म जग्गा पहिचान गरी बाढि पिडितहरुलाई बसोवासको व्यवस्था गर्न नसकिएको इटहरी ३ का वडाध्यक्ष बालकृष्ण विष्टले वताए ।

कतिपय गरिब परिवारका सदस्य सुकुल (चटाई)का भरमा जाडो थेग्न बाध्य छन्। बाढी र डुबानका कारण झुपडीसमेत गुमाएका पीडित पराल बालेर आगो तापी रात काट्न बाध्य छन् । कुनै पनि निकायले सुरक्षित ठाँउमा वसाउन नसकेपछि आफुहरु फेरी पनि बाढिले क्षति पुर्याउने थाहा पाउदा पाउदै पुरानै ठाँउ बुढि खोाल किनारामै वस्नु बाध्य भएको पिडितहरु दुखेसो गर्दछन ।

तपाईको प्रतिक्रिया