इटहरी । चिसो मौषमको आगमनसंगै पुर्वी तराईमा वनभोज खानेहरुको संख्यामा वृद्धि हुन थालेको छ । पुर्वका प्रख्यात वनभोज स्थलको रुपमा परिचीत मोरगंको वेतना सीमसार क्षेत्र वनभोज खान आउनेहरुको घुइचो देखीन थालेको हो ।। मोरगंको वेतना सिमसारमा दैनिक वनभोज खाना आउनेहरुको संख्यामा वृद्धि भैरहेको सिमसार क्षेत्र संरक्षण समितीका कर्मचारी वताउछन । नियमीत रुपमा वन भोज खान आउने क्रम वढेपनि अन्य दिनको तुलनामा शनिवार वढी हुने गरेको उनले जानकारी दिए । तर बनभोज खान आउनको संख्या बढेपनी व्यवस्थापन भने फितलो बन्दै गएको छ । सखुवाको धना जगंलको विचमा रहेको तथा पुर्वपश्चिम राजमार्गसंगै रहेको कारण समेत वेतनामा पर्यटन प्रवद्धनको प्रचुर संभावाना रहेको देखिन्छ । तर बनभोज खान आएका पर्यटकलाई भने घरपालुवा जनावर ले हैरान लगाउने गरका छन । बनभोज खादा नाच्दै रमाइलो गर्दै गरको समयमा गाई बाख्राले खाइदिने गरेको छ । मोरगंबाटै बनभोज खान आएको टोलीको सदस्य जानुका प्याकुरेल गाइले हैरान पारेको बताउनु हुन्छ ।

पर्यटकीय शंभावाना भएको भएपनिराम्रो व्यजस्थापन र प्रचारप्रसारको अभावमा पछि परेको वेतना
सिमसारको संरक्षण र संवद्धन गर्दै आएको समितीले आन्तरीक तथा वाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य सहित विभिन्न भौतिक पुर्वाधार निर्माणमा समेत जोड दिदै आएको छ । सिमसार क्षेत्रमा आउनेहरुलाई सुविधाका लागि वोटीगं गर्ने ,पिउने पानी तथा शौचालयको व्यवस्था गरेको र आवश्यक अनुसार थप गरिने समेत जनाइएको छ ।तर घरपालुवा जनावरको समस्या समाधान गर्न कठिनाई भइरेको कर्मचारी धन बहादुर बान्तवा बताउछन । यो सिमसार क्षेत्रको विशेषताको रुपमा मयुर पंखी कछुवाका साथै विभिन्न प्रजातीका माछा र चराचुरुगीहरु रहेका छन भने सिमसारमा पानी कहीलै नसुक्नु पनि रहेको छ । जसको कारण समेत वेतनामा पर्यटन प्रवद्धनको प्रचुर संभावाना देखिन्छ ।

तपाईको प्रतिक्रिया