मेरंगको केराबारी गाउँपालीकामा श्री राष्ट्रिय सेवा दलले एक दिने निशुल्क स्वाथ्य शिविरको आयोजना गरेको छ । सैनिक फिल्ड अस्पताल इटहरी, नोवेल मेडिकल कलेज र बिजयपुर हस्पिटलको प्रबिधिक सहयोगमा उक्त शिविरको आयोजना भएको हो । श्री राष्ट्रिय सेवादलको आयोजनामा भएको उत्त शिविरमा जनरल,बाल रोग,छाला रोग ,नाक, कान, घाटी रोग, मानसिक रोग, आखाँ, दन्त, स्त्री रोग लगायत अन्य थुर्पै रोगको विशेषज्ञ चिकित्सकहरुबाट बिरामीहरुलाई सेवा प्रदान गरिएको थियो ।

भित्रि गाउँहरुमा बिरामीले राम्रो उपचार नपाएका कारण धेरै बिरामी अकालमै मृत्यु हुनेको संख्या पनि बढि हुने भएकाले भित्रि गाउँहरुमा यस्तो शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । स्वास्थ्य शिविरबाट लामो समय देखि बिरामी भएकाहरुलाई पनि नोवल तथा बिजयपुर हस्पिटलको सहयोगमा बिशेषज्ञ चिकित्सकबाट उपचार गराईएको नोवल मेडिकल कलेजका व्यवस्थापक नारायण दाहालले बताए ।

शिविरबाट बाल,छाला,मानसिक,आखाँ जस्ता बिरामिहरुले स्वास्थ्य सेवा पाउने हुदाँ यस्तो शिविरको आयोजना हुनु पर्ने श्री सेवादलका मेजर गंगा बरालले बताए । शिविरमा छ सय भन्दा बढि बिरामलिे सेवा लिएको बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया