इटहरी । स्थापनाकाे छाेटाे समयमा नै चर्चा कमाउन सफल इटहरी पश्चिमराेड स्थित एचएफसी रेष्टुरेन्टले क्रिसमस डेकाे अवसर पारेर अाफ्ना सेवाग्राहीहरूलार्इ बिभिन्न याेजनाहरू ल्याएकाे छ । अंग्रेजी नयाँ बर्ष सन् २०१८ तथा क्रिसमस डेकाे अवसर पारी एचएफसीले बिभिन्न प्याकेजअरू ल्याएकाे हाे ।

स्थापना भएकाे छाेटाे अवधिमा लाेकप्रिय बन्दै गएकाे एचएफसीले यस याेजनामा उत्पादन भएका अाइटमहरूमा भारी छुटका साथै चिल्ड्रेन प्याकेज समेत ल्याएकाे हाे ।पहिले रू ३९९ मा २ पिस चिकन अहिले साेही रू २९९मा पाइनुका साथै प्रत्येक परिकारहरूमा रू १०० छुट पाएपछि सेवाग्राहीहरू पनि खुशी देखिएकाे एचएफसीमा कार्यरत कर्मचारीहरूले बताएका छन् ।

काठमाण्डौमा सञ्चालन हुदै आएको थ्रीसी हस्पिटालीटीले संचालन गर्दै आएको एचएफसी पूर्वको पहिलो शाखा हाे । करिब २ कराेडकाे लागानीमा संचालित उक्त रेस्टुरेन्टले बिभिन्न परिकारका चिकन, बर्गर लगायत ननभेज तथा भेज परिकारहरूकाे काे स्वाद पस्कने गरेकाे छ ।

तपाईको प्रतिक्रिया