सुनसरी । सुनसरीको इटहरीमा विद्युतिय रिक्सा सिटी सफारी चालकहरुले गरेको सडक अवरोध प्रहरीले बल प्रयोग गरी खुलाएको छ ।
पुर्वपश्चिम राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाइएमा विरोध जनाउदै इटहरीको मुख्य चौकमा सिटी तेर्साएर सडक अवरोध गरी प्रदर्सन गरी रहेकाहरुलाई प्रहरीले लाठी तथा अश्रुग्याँस प्रहार गरी तितरवितर पारेर सडक अवरोध खुलाएको हो । चौरस्तामा पर्ने इटहरीको मुख्य चौकको चारै तर्फ सिटी तेर्साएर सडक अवरोध गरिएको थियो ।
ठुलो संख्यामा सिटी सफारी सहित आन्दोलनमा उत्रिएमा सिटी सफारी चालक तथा मालिकहरुको अवरोध खुलाउन प्रहरीले आग्रह गरेपनि नमानेपछि लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज गरी अवरोध खुलाउन थालेपछि आन्दोलनरत सिटि सफारी चालकहरुले समेत प्रहरी माथि ढुगाँ प्रहार गरेका थिए । अवरोध खुलाउने क्रममा दोहोरो झडप हुन थालेपछि प्रहरीले ६ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । झडपमा परि केही सामान्य घाइते भएका तथा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक अवरोध खुलाउने क्रममा प्रहरीले लाठी तथा अश्रुग्याँस प्रहार गरेको तथा दुई जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सञ्जय राउतले जानकारी दिए ।
लामो समयमा देखि पुर्व पश्चिम राजमार्ग क्षेत्रमै पनि सिटी सञ्चालन हुँदै आएको तथा भित्री सडकहरु दुरावस्थामा पुगेको कारण सिटी सफारी सञ्चालन गर्न नसकिने भएको सिटी चालकहरु वताउछन । सडकको अवस्था सुधार गरी स्टेण्डको समेत व्यवस्था गर्नु पर्ने सिटी चालकहरुको माग रहेको छ ।

तपाईको प्रतिक्रिया