पीबी दियाली/ इटहरी, ने.क.पा. एमालेका केन्द्रीय सचिब तथा प्रदेश नं १ इन्चार्ज भीम आचार्यले मूलुक समृद्धीको दिशामा अघि बढन पाइला सारिसकेको बताउनु भएको छ । भर्खरै निर्बाचित प्रदेश सभाका संसद एबं मूख्यमन्त्रिमा प्रस्ताबित आचार्यले बाम गठबन्धनको भरोसामा जनताले मूक्ति खोजेको हुनाले प्राप्त जिम्मेवारीलाई रचनात्मक ढंगले पुरा गरि बिकासको लहर चलाउन आफू प्रतिबद्ध रहेको बताउनु भयो । एमाले सुनसरी जिल्ला पार्टी कार्यालयमा शुक्रबार आयोजित प्रेस चौतारी र संघीय प्रेस फोरमको एकता कार्यक्रममा प्रमुख अतिथि रहनु भएका आचार्यले आफनै पार्टीपंक्ती भित्रका केही साथीहरुले मुख्यमन्त्रीको सन्दर्भलाई लिएर फेसबुक र केही संचार माध्यममा अनर्गल प्रचार गरेकोमा दुख्ख ब्यक्त गर्नु भयो । संचारकर्मीहरु जिम्मेवार रुपमा प्रस्तुत भएमात्र जनताको सूचनाको अधिकार सार्थक हुन सक्छ भन्दै आचार्यले गलत सन्देश दिने गरि पूर्बाग्रह राखेर समाचार,बिचारहरु प्रस्तुत गर्दा जनतामा अन्यौल र भ्रम छरिइने हुंदा राजनीतिक ब्यक्तित्वहरु बिनाकारण असर पर्ने तर्फ औंल्याउंदै आचार्यले परिबर्तनको सारथी मानिने पत्रकार जगतले निष्पक्ष समाचार दिन सके मात्र जनताको बिश्वास जित्ने दाबी गर्नु भयो । पार्टी केन्द्रीय सदस्य तथा पूर्ब संसद धर्म निरौला,प्रदेश कमिटी सदस्य पोष्ट कुमार नेपाल,सदस्य डमरकुमारी चौलागाईं लगायत जिल्लाका पार्टी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा रामधुनी नगरकमिटी इन्चार्ज तथा जिल्ला सदस्य राम कोईरालाले पार्टीको नियम,बिधि र पद्धतीलाई ख्याल नगरी केही लेखक तथा संचारकर्मीले ब्यक्तिकेन्द्रीत पत्रकारिता गरिरहेकोमा प्रेस चौतारी आबद्ध संचारकर्मीहरुले सत्यतथ्यको पक्षमा प्रतिबाद गर्नु जरुरी रहेको बताउनु भयो । संघीय प्रेस फोरमको उपाध्यक्ष छाडेर चौतारीसंग सहकार्य गर्न औपचारिक रुपले सुनसरी जिल्ला कमिटि सहित प्रबेश गर्नु भएका पत्रकार पीबी दियालीले बामपन्थी पार्टी एकताको खुशियालीमा जनताले मतदान गरि कम्यूनिष्टलाई सत्तामा जान अनुमति दिएकोले बिजेताहरुले राम्रोसंग देश हाँक्ने मामिलामा संचार कर्मीहरुले एउटै संगठनमा आबद्ध भएमा राम्रो हुने बताउनु भयो । स्वतन्त्र पत्रकार प्रेम बास्तोलाले जनताको पक्षमा काम गरे मात्र बामपन्थी दलले आगामी दिनमा बिजय हासिल गर्न सक्छ भन्दै राम्रो काम गर्न खवरदारिको लागि प्रेसको संगठन मजवुत हुनु पर्ने धारणा राख्नु भयो । प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज लीलाराज भटटराई र प्रेस फोरमको तर्फबाट पीबी दियालीको अगुवाईमा प्रेस फोरमका जिल्ला अध्यक्ष प्रेम गिरी,उपाध्यक्ष पुरुसोतम पराजुली, सचिव स्ममिता पराजुली,कोषध्यक्ष प्रकृती रौनियार,सदस्य पुनम बिक, जुली शंकर,कमल साह लगायतका पत्रकारहरुलाई प्रमुख अतिथी आचार्य र पूर्ब संसद धर्म निरौलाले अबिर लगाई चौतारीमा प्रबेश गराउनु भयो । नेता आचार्यले उचित जिम्मेवारी दिन प्रेस चौतारीका प्रदेश इन्चार्ज लिलाराज भटटराईलाई निर्देशन पनि दिनु भयो ।

तपाईको प्रतिक्रिया