इटहरी । हरेक वर्ष झै यस वर्ष पनि मोरगं सुनसरी सेवा समाज नेपालले आफनो बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सुनसरीको इटहरीमा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन । पुर्वमा विरामीहरुका लागि आवश्यक रगतको अभाव नहोस भन्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष रामनाथ भण्डारीले जानकारी दिए । केही महिना अघि देखि पुर्वमा रगत अभाव रहेको समाचारहरु हेरेपछि अन्य वर्षको झै समाजको छैठौं वार्षिकोत्सवको अवसरमा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको समेत भण्डारीले वताए । मोरगं सुनसरी समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेड्क्रस सोसाईटी रक्तसञ्चार केन्द्र विराटनगरले प्राविधिक सहयोग पुर्याएको थियो । समाजले आर्थिक अवस्था कमजोर भएकाहरुलाई उपचारमा समेत सहयोग गर्दै आएको र सोका लागि समाजमा आवद्ध स्वदेशी तथा विदेशमा वस्नेहरुले सहयोग गर्ने गरेको जनाइएको छ । पुर्वमा क्षेत्रमा रक्तदान कार्यक्रमबाट रगत संकलनमा इटहरीले एक तिहाई हिस्सा ओगट्दै आएको वताइन्छ ।

पुर्वी नेपालमा असार महिना देखि नै उपचारक्रममा आवश्यक पर्ने रगतको अभाव हुदै आएको भन्दै रक्तसञ्चार केन्द्रहरुले रक्तदान कार्यक्रम वढाउन आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया