बिराटनगर/

बिराटनगर रानि भन्सार कार्यालयमा जाँच पास गर्नकालागी ल्याएका सामानमा कर्मचारीको स्वार्थका कारण अनावश्यक झमेला हुनेगरेको एक घटनाले प्रष्ट पारेको छ । पुष १गते जाँचपास का लागी ल्याएको सामान एक साता बितिसक्दा समेत जाँच पास हुन नसकेका कारण भन्सार एजेन्ट हरु आन्दोलीत बनेका छन् ।

प्लाष्टिक नेटकेमका सुरजमल सुरानाले भारत बाट एलसि खोली ल्याएको एक थान स्टेब्लाइजर बिराटनगर रानी भन्सार ले जबर्जस्ती Transformer हो भन्दै सोहि अनुसार जाँच पास गर्नुपर्ने भन्दै बढि महसुल लिन खोजेपछि ब्यापारीले आफ्नो सामान स्टेब्लाइजर नै भएको कारण सोहि नाम बाट बिल बिजक तथा पेस गरीएका कागजात मा उल्लेख भएबमोजीम भौतिक परीक्षण गरी जाँच पास गर्नुपर्ने माग पटक पटक राख्दै आएको छ ।
तर भन्सार कार्यालयका अधिकृत प्रमोद सापकोटाको ब्याक्तिगत स्वार्थका कारण जाँच पास पनी नगर्ने र निकास निकाल्न समेत कुनै पहल नगरी भन्सार प्रमुख नभएको र बिभाग ले रोकेको कारण देखाउँदै काम अगाडि बढ्न दिएका छैनन् । आफुअनुसार काम नभएको कारण उनले ब्यापारी र एजेन्टलाई दुख दिने गरेको ब्यापारी सुरजमल सुरानाले बताए ।
यता बिराटनगर भन्सार कार्यालयका प्रमुख मिमांसु अधिकारीले भने सामान जे भएपनी कागजमा टन्सफर्मर नै उल्लेख भएका कारण बिवाद भएको र आफ्नो उपस्थितीमा समस्याको समाधान निकाल्ने बताए ।

तपाईको प्रतिक्रिया