इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य स्ययमसेविकाहरुलाई एक कार्यक्रमका विच स्वास्थ्य विमा परिचय पत्र प्रदान गरिएको छ ।

सुनसरीमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा आएसंगै इटहरी क्षेत्रमा रहेका एक सय ३८ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य विमा परिचय पत्र वितरण गरिएको हो । स्वास्थ्य विमा अन्र्तगत उपचारका लागि एक जना बरावर पँचास हजार सम्मको खर्च सरकारले बेर्होने गरी सञ्चालनमा ल्याइएको स्वास्थ्य विमा कार्यक्रम अनुसार स्वयमसेविकाहरुलाई परिचय पत्र वितरण गरिएको हो ।

पाँच जनाको परिवार बरावर बीमा शुल्क बापत एक परिवारका लागि लाग्ने २५ सय रुपियाँ स्वास्थ्य स्वयमसेविकाहरुको विमा शुल्क उपमहानगरपालिकाले तिरी दिने परिचय पत्र वितरण कार्यक्रममा उममेयर लक्ष्मी गौतमले जानकारी दिइन । इटहरी क्षेत्रमा क्रियाशिल एक सय ३८ जना स्वयमसेविकाका तर्फबाट ३ लाख ४५ हजार बीमा शुल्क एक बर्षको विमा शुल्क उपमहानगरपालिकाको कोषबाट तिरिदिने उपमेयर गौतमले जानकारी दिएकी हुन ।
परिचय पत्र वितरण कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी उपमेयर लक्ष्मी गौतम प्रमुख प्रशासकीय अधिकृत पिताम्वर अधिकारी प्राथमिक स्वास्थ्य केन्द्र इटहरीका प्रमुख डा. रोमी यादव लगायतले स्वास्थ्य विमाका विषयमा बोलेका थिए । सुनसरी जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा उपचार हुन नसकेको अवस्थाका विरामीहरुलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने व्यवस्था गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया