इटहरी । नेपाल चेलिबेटी अपाङ्ग महिला समाज इटहरीले सुनसरी जिल्लाका विभिन्न स्थानका अपाङ्गता भएका २१ जनालाई आधुनीक प्रविधीको ह्वील चेयर वितरण तथा नव निर्वाचित ४ जना लाई एक कार्यक्रम विच सम्मान गरेको छ ।
शरिरीक अपाङ्गता भएकाहरुलाई हिड्डुल गर्न सहजता होस भन्ने अभिप्रायले युनाईकटेड मिशन टु नेपालको सहयोगमा उपलब्ध उक्त ह्वील चेयर पूर्व राज्यमन्त्री एवम प्रनितिधिसभा साँसद सिताराम मेहता र प्रदेशसभा सांसद राजिव कोईराला र सर्वध्वज साँवा लगायतले वितरण गरेका थिए । उनीहरुलाई आधुनीक प्रविधीको ह्वील चेयर वितरण गरीएको हो । सुनसरीमा पहिलोचोटी प्रदान गरीएको यो आधुनीक प्रविधीको ह्वील चेयर स्थानीय स्तरमा नै मर्मत सम्भार समेत गर्न सकिने रमेश पोख्रेलले जानकारी दिए ।
समारोहमा नेपाल चेलिबेटी अपाङ्ग महिला समाजले नव निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदमा विजयी हुनु भएको नेताहरु सिताराम मेहता राजिव कोईराला र सर्वध्वज सावाँलाई सम्मान समेत गरेको छ ।
उक्त कार्यक्रममा अपाङ्गता भएका बिमल परियार आशा गुरुङ , दीपक बहादुर काकी , कुशकुमार, सदा , रुद्रकुमारी मगर फेकु सरदार, मनोरी सरदार ,उजुर सरदार उर्मिला निरौला सदाम मण्डल लगायतलाई ह्वील चेयर प्रदान गरिएको छ ।
नव निर्वाचित प्रतिनिधी तथा प्रदेश सभा सदस्यहरुले अपाङ्गता भएका व्यतीहरुले स्थापना गरेको यस सस्थाले गरेको कार्यहरु सहरानीय भएको र आउदा दिनहरुमा आफुले पनी अपाङ्गता भएका व्यम्तीहरुको माग सम्बोधन गर्ने पतिवदता समेत जनाउनु भएको छ ।
सम्मानीत व्यक्तीत्वहरुको तर्फबाट बोल्दै युनाईकटेड मिशन टु नेपालका पुन्न स्थापना संयोजक दामोदर पण्डीतले अपाङ्गता धएका व्यक्ती विशेशगरी खुट्टा नचल्ने मानिसहरुको लागी ह्वील चेयर नै जिवन भएकाले यो कायक्र्रम रुपन्देही र सुनसरीमा सञ्चालन गरिएको बताए ।
समाजकी अध्यक्ष दिलकुमारी राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा साँसद सिताराम मेहता,, राजिव कोईराला सर्वध्वज सावाँ सिजन गुरुङ , रमेश पोख्र्रेल लगायतले आ आप्mना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया