इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आफनो १६औं साधारणसभाको अवसर पारेर फरक क्षमताकी एक सेयर सदस्य सहित विभिन्न विधामा उत्कृष्ठ हुने सेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

फरक क्षमताकी भएपनि संस्थामा सेयर सदस्य रहेर नियमित वचत गर्दै आएकी सेयर सदस्य कुन्तीमाया रेग्मीलाई सम्मान गरिएको हो । त्यसै गरी नियमित बचतकर्ता,ऋणी ,उत्कृष्ट बाल बचतकर्ता , असल जेष्ठनागरिक बचतकर्ता, उत्कृष्ट लघुवित्त केन्द्र लगायतलाई सम्मान गरियो । सम्मानीत हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका कोषाध्यक्ष केशवप्रसाद पोखेरेलले सम्मान पत्र सहित सम्मान गरेका हुन ।

२०५३सालमा ३४ जना सेयर सदस्यबाट स्थापना गरिएको किसान कल्याणका हाल ७हजार ८सय ९७ जना सेयर सदस्य पुगेको साधारणसभामा जानकारी दिइयो । एशियाली ऋण महासंघले प्रतिपादन गरेको प्रविधि एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी भई २०७३मा ब्रोन्ज मेडलद्धारा पुरस्कृत वन्न सफल किसान कल्याणको कुल पुँजी ४८ करोड वढी रहेको साधारण सभामा अध्यक्ष शालिग्राम ढकालले जानकारी दिए । त्यसै गरी सो संस्थाले ३४ करोड वढि लगानी गरेको छ ।

सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि गर्दै आएको किसान कल्याणले जेष्ठ नागरिक सम्मान, नेतृत्व विकास तालिम, सरसफाई कार्यक्रम,सहकारी व्यवस्थापन तालिमका साथै अन्य गतिविधिहरु समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया