गाेपाल काफ्ले पथरी  मंसिर २९
पछिल्लो समय आफ्नो जन्म दिनलाई सकारात्मक तथा सृजनशिल रुपमा मनाउने क्रम बढिरहेको छ । जन्मदिनलाई भड्किलो बनाउने संस्कार बिरुद्ध जन्मदिनमा समाज सेवि कार्य गर्दै १२ बर्षीय याङमा उदाहरण बनेकी छन । यसै क्रममा पथरीशनिश्चरे निवासी जितेन्द्र चोङबाङ र कौसिला लिम्बूले आफ्नी छोरी याङमा चोङबाङको जन्मदिन सकारात्मक तवरले मनाउँदै आएका छन् । छोरी याङमाको शुक्रबार १२ औं जन्मोत्सवको अवसरमा यी दम्पतिले गरिब तथा विपन्न वर्गका ६ जना जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । उक्त बिद्यार्थीहरुलाई याङमाले कापी, डटपेनलगायत शैक्षिक सामग्री प्रदान गरेकि हुन । योसेक क्लबद्वारा स्थापित जीवन ज्योति जिउनको लागि भन्ने शिक्षा अक्षयकोषकाे बार्षिक उत्सव र याङमाको जन्मदिनको अवसरमा सहयोग गरेकी हुन । त्यस्तै, याङमाको जन्मोत्सवकै अवसरमा उर्लाबारी–७ स्थित नमूना बाल गृहमा स्थापित अक्षयकोषमा १० हजार रुपैयाँ सहयोग गरेकी छन । याङमा र उनकी ममी कौशिलाले सो रकम गृहकी अध्यक्ष मीनादेबी बराललाई हस्तान्तरण गरेका हुन ।
छोरी याङमाको जन्मदिनमा खर्च गर्ने रकम कटौती गरी अनाथ बालबालिका तथा बिद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू अत्यन्तै खुशी रहेको हङकङमा कार्यरत जितेन्द्र चोङबाङले टेलिफोन मार्फत बताउनु भयाे ।
छोरीलाई पनि सामाजिक उत्तरदायित्वका बारेमा बोध गराउने र भाबी दिनमा समाजको हितमा काम गर्नु पर्छ भन्ने भावना जागृत गराउने अभिप्राय जागाेस भनेर सनै देखि बाटाे देखाएकाे अामा काैसिला बताउनु हुन्छ ।
जन्मदिनको अबसरमा आफूजस्तो बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा आत्म सन्तुष्टी भएको याङमाले बताइन् ।
यस्तै, नमूना बाल गृहकी अध्यक्ष मिनादेबी बरालले छोरीको जन्मदिनमा बाल गृहमा सहयोग गर्ने अभिभावकप्रति आभार प्रकट गर्नु भएकाे छ ।
बालगृहमा ४७ जना बालकालिकाहरु आश्रित रहेका छन् भने अाश्रम गाउँ ठाउँको यस्तै कार्यले चलिरहेकाे अध्यक्ष मिनादेवि बरालले बातउनु भयाे ।

तपाईको प्रतिक्रिया