बरेन्द्र कुमार शाह , प्रतिक श्रेष्ठ,  मोरंग , निर्माण सुरु भएको २३ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्रयाक खोल्ने काम अझै पूरा भएको छैन ।

जग्गाको मुआव्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । शहरी बिकास तथा भवन निमार्ण कार्यालय विराटनगरका अनुसार बिराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको थियो ।

चक्रपथ बिस्तारका क्रममा दिईनु पर्ने मुआब्जामा बिवाद र श्रोत समेत नहुंदा अझै २ किलो मिटर ट्र्याक खोल्न बांकि रहेको छ । मुआव्जाको माग गर्दै स्थानीयबासीले काम रोक रोके पछि झोराट खण्डको २ किलोमिटर ट्र्याक खोल्न बांकि रहेको छ ।

चक्रपथले २० घरहरु सुकुम्बासीको घर भेट्छ । चक्रपथको केन्द्रबिन्दुबाट १ सय मिटर दायां र बायांको क्षेत्रमा घडेरी बनाउने अवधारणा ल्याईएको छ । निर्माणको यस अवधीमा मुआव्जाको विवादले काममा ढिलाई भए पनि २० किलोमिटरमा भने ग्राभेल भइसकेको छ । तर सर्वसाधारणले चक्रपथ चाँडै निर्माण गर्न माग गरेका छन ।

चक्रपथका लागि मात्रै २ सय ११ बिघा जग्गा आवश्यक पर्छ । यो सबै जग्गा निःशुल्क रुपमा अधिग्रहणको योजना रहेको छ । चक्रपथले मोरङ्का कटहरी, झोराहाट, लखन्तरी, टंकीसिनवारी, हात्तीमुडा, भाथिगञ्जसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडा छुनेछ । ३४ मिटर चौडाइ रहेका चक्रपथको सहायक मार्ग ८ देखि १० मिटरका हुने छन् । चक्रपथका लागि सिंघिया नदीमा भने दुईवटा ठूला पुल बनाउनु पर्ने छ । चक्रपथ निर्माणको ढिलाईले स्थानीय अगुवाहरु भने निराश भएको महादेव पासवानको भनाई छ ।

४२ किलोमिटर लम्बाइ रहेको चक्रपथको सम्पूर्ण निर्माण भइसक्दा करिव ५ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । हाल सम्म भने चक्रपथमा करिव १० करोड रुपैया खर्च भई सकेको छ ।

तपाईको प्रतिक्रिया