बिरेन्द्र कुमार शाह , प्रतिक श्रेष्ठ

मोरंग/ औद्योगिक करिडोर क्षेत्र सुनसरी–मोरङ मा रहेका अधिकाँश उद्योग बन्द अवस्थामा रहेको छ । तर विराटनगर जुट मिल संञ्चालनमा आएको करिब महिना दिन नबित्दै आर्थीक अभावले च्यापेको छ ।

बिराटनगर जुट मिल देशको जेठो उद्योगको रुपमा परीचीत छ । तर लामोसमय देखि बन्द रहेर बल्ल बामे सर्न खोजेको उक्त मिलमा यतीबेला आर्थीक अभाव भएका कारण मिलका कच्चा पदार्थ आयात गर्न, मजदुर लाई दैनि काम गरेबापतको पारीश्रमीक दिनका लागी समस्या सिर्जना भएको हो ।

आर्थिक अभावले उक्त मिल पुर्ण रुपले संञ्चालनमा समेत आउन सकेको छैन । अझै पुर्ण रुपमा बिराटनगर जुटमिल संञ्चालनमा आउन १० करोड रुपैया आवश्यक पर्ने जुटमिलका निर्देशक राजेन्द्र कार्किको भनाइ छ ।

यता लामो समय देखि बन्द रहेको उद्योग संञ्चालनमा आएपछि स्थानीय भने हर्सित भएका छन् । उद्योगमा रोजगारी पाउने र दैनिकी चलाउन र परीवार धान्नका लागी बिदेसिनु पर्ने समस्याको समधान भएको स्थानिय ले महसुस गरेको बताउँछन् ।

त्यतीमात्र होईन विराटनगर जुट मिल्समा उत्पादनभएका तयारी जुटको माग अत्याधिक रहेको भएपनी आर्थीक अभावका कारण माग पुरा गर्न नसकिएको निर्देशक राजेन्द्र कार्किको दावी छ ।

आर्थिक अभावले भारतबाट कच्चा पर्दा ल्याउन र बिग्रीएका मेशिन मर्मतकालागी भारतबाट पाटपुर्जा ल्याउन समस्या भएका जुटमिल्सलाई पाटपुर्जा प्रदान गर्दै आएको कम्पनीका प्रतीनिध एम टि जावेद ले बताए ।

देशकै पुरानो जुटमिल्स संञ्चालन हुनु सबैको लागी फाईदाको बिषय हो । देश संघियतामा गइरहेको बेला देशको गरीमा बोकेको बिराटनगर जुटमिलाई बचाउन जरुरी संगै संञ्चालन लाई निरन्तरता दिन आवश्यक छ यस तर्फ संम्बन्धीत निकायको ध्यान जान आवश्यक रहेको स्थानियको धारण रहेको छ ।

तपाईको प्रतिक्रिया