इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी कलेजले दिगवंत आफनी छात्रा लक्ष्मी श्रेष्ठको स्मृतिमा हरेक वर्ष झै यस वर्ष पनि रक्तदान कार्यक्रम गरेको छ ।

सवारी दुर्घटनामा परि २०६२सालमा दिगवंत भएकी छात्रा लक्ष्मीको स्मृतिमा कस्तुरी कलेजले हरेक रक्तदान गर्ने गरेको छ । कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जना ले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा विद्यार्थी ,शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । छात्रा लक्ष्मीको स्मृतिमा कस्तुरी कलेजले हरेक वर्ष मंसिर १९ गते रक्तदान गर्ने गरेको भएपनि यस पटक निर्वाचनको कारण ढिलो भएको कलेजका प्रार्चाय कमलेस पौड्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया