मेघराज तामाङ

संखुवासभा । बुधबार राती अबेर सम्पन्न समानुपातिक तर्फको मत प्रत्यक्षमा भन्दा धेरै बदर भएको छ । १ लाख ५ हजार ४६ मतदाता मध्ये ६९ हजार २ सय २३ मत खसेकोमा ३ हजार २ सय ५६ मत बदर भएको थियो । तर समानुपातिक तर्फ भने ४ हजार ८ सय ८२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्यक्ष तर्फ भन्दा १६ सय २६ मत बढी समानुपातिकमा बदर भएको हो ।
प्रत्यक्ष तर्फ प्रदेशसभा क मा १ हजार २ सय ११ मत बदर भएको थियो । समानुपातिक तर्फ ४ हजार ४ सय ६ मत बदर भएको थियो । यस्तै प्रदेशसभा ख मा १ हजार ३ सय २ मत बदर भएकोमा समानुपातिक तर्फ ४ हजार ३ सय ७३ मत बदर भएको छ । प्रदेश क मा३३ हजार ४ सय ९६ र ख मा ३५ हजार ६ सय ९७ मत खसेको थियो ।
प्रत्यक्ष तर्फ थोरै निर्वाचन चिन्ह र समानुपातिकमा धेरै चिन्ह भएका कारण बदर मतको संख्या बढेको कार्यालयले जनाएको छ । समानुपातिक तर्फ एउटै मतपत्रमा प्रदेश र प्रतिनिधिसभाको मत प्रयोग गर्नुपर्ने भएकोले समेत बदर मत बढेको कार्यालयको भनाइ छ ।
बदरमतको सङ्ख्या घटाउन मतदाता शिक्षाका लागि स्वयमसेवक खटाइए पनि प्रभावकारी नभएको मतदाताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया