इटहरी, २८ मङ्सीर । इटहरी उपमहानगरपालिका क्षेत्रमा शसक्त र सक्रिय सहकारी संस्थाहरुमध्ये पुरानो सहकारीको सूचिमा रहेको बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेड इटहरीले आफ्नो स्थापनाको १७ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बहुउद्देश्यीय सहकारीले अवका दिनमा आफ्ना शेयर सदस्य र परिवारको आर्थिक रुपान्तरणका नयाँ कार्यक्रम एवम नीति सहित आवश्यक पर्ने बजेट ब्यवस्थापन गर्दै सहकारी अभियानलाई शसक्त बनाउँदै लैजाने निर्णय समेत गरेको छ ।
साधारणसभा समारोहमा विगतमा झै यो बर्ष पनि आफ्ना शेयर सदस्यमध्येका जेष्ठ माता पितालाई सम्मान गर्ने क्रममा शेयर सदस्य भैरव सापकोकटाका आमा –पिता ८५ बर्षीया विष्णुकुमारी सापकोटा र ८३ बर्षीय दिल्लीप्रसाद सापकोटालाई दोसल्ला ओढाएर सम्मान गर्दै नगद समेत प्रदान गरियो ।
सोही समारोहमा शेयर सदस्यका एसईई उतीर्ण विद्यार्थी, सहकारी कर्मचारी बचतकर्ता र असल ऋणीलाई समेत सम्मान गरिएको छ । स्थापनाको १७ औ बार्षिक साधारणसभा सम्पन्न गर्न आई पुग्दा ९६५ जना शेयर सदस्य सदस्यबाट २ करोड ९ लाख ३१ ह्जार क९ सय बचत गरेको कछ ।
साधारणसभा समारोहमा अध्यक्ष जयबहादुर कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार १७ करोड १६ लाख ९७ हजार रुपियाँ बढिको आर्थिक कारोवार गर्ने सफलता प्राप्त गरेको कुरा प्रतिवेदनमा समावेश कछ । अध्यक्ष कार्कीको अध्यक्षतामा भएको साधारणसभा समारोहमा दीपक गौतम चन्द्र भट्टराई दिनेश भट्टराई उमा सत्याल लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया