मोरङ / नविकरण नगरिएको अवैध सुपारी संस्थाको नामबाट प्रज्ञापन पत्र बनाइ भारततर्फ सुपारी निर्यातको प्र्रयास हुन लागेको छ । विराटनरको रानी स्थित भन्सार नाकाबाट कोसी फलफुल प्रवद्र्धन संस्था नामको संस्थाले भारत तर्फ सुपारी निर्यात गर्न प्र्रयास गरेको हो । सुपारी निर्यातका लागि प्रज्ञापन पत्र समेत बनाइसकेको सो संस्था नविकरण गरीएको छैन । यसरी नविकरण समेत नभएको सो संस्थावाट प्रज्ञापन पत्र वनाई सुपारी निकासी गर्न लागिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्सार विभाग र जिल्ला प्रशासन कार्यालय मोरङमा लिखित उजुरी परेकोे छ ।
लेटाङ्ग स्थीत उतरी मोरङ सुपारी खेति विकास संस्थाले अख्तियार लगायत निकायमा दिएको उजुरीमा संस्था नविकरण नगरी कुनै पनी सरकारी निकायमा प्रत्यक्ष संम्पकमा नरहेको सो कोशी फलफुल प्रवद्र्धन संस्थाले वुझाउनु पर्ने वार्षिक प्रतिवेदन समेत नवुझाएको र सुपारीको कोटा मात्र लिई विदेश निकासा गर्न खोजेको भन्दै सो संस्था माथि सुक्ष्म छानविन गरी सुपारी निकासी रोक्का गरिदिन अनुरोध गरिएको छ ।
उतरी मोरङ सुपारी खेति विकास संस्थाका अध्यक्ष ईश्वरी कोइरालाले कानुनी राज्यमा नविकरण समेत नभएको र जिल्ला कृषि विकास कार्यलयले पत्राचार गर्दा पनि संम्पकमा नआएको कोशी फलफुल प्रवद्र्धन संस्थाको सुपारी निकासी प्रकृया अवैध हुने भएकाले आफुहरुले छानविन र कारवाहीको लागि उजुरी दिएको वताए ।

तपाईको प्रतिक्रिया