२७ मंसिर, इनरुवा। सुनसरी क्षेत्र नम्वर ३ को परिणाम सार्वजनिक भएसँगै जिल्लाबाट चुनिने प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको अन्तिम टुङगो लागेको छ ।  सुनसरीमा ४ प्रतिनिधि र ८ प्रदेश सभाका लागि भएको निर्वाचनमा १२ जना उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य तर्फको ४ सिट मध्ये ३ सिट नेपाली कांग्रेसले जितेर वर्चश्व कायम गरेको छ। क्षेत्र नम्वर १ मा बाम गठबन्धनका उम्मेदवार बिजयी हुँदा क्षेत्र नम्वर २ , ३ र ४ मा नेपाली कांग्रेसका उम्मेवाद बिजयी भएका छन् । प्रदेश सभा तर्फभने सुनसरीका ८ सिट मध्ये ५ सिटमा बाम गठबन्धनले बाजी मारेको छ । नेपाली कांग्रेसले ३ स्थानमा जितेको छ ।

सुनसरीको प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार जयकुमार राई निर्वाचित भएका छन् । प्रदेश सभा १ को (क) मा बाम गठबन्धनकै प्रदिप कुमार भण्डारी र (ख) मा बाम गठबन्धनकै भिम प्रसाद आचार्य निर्वाचित भएका छन् ।  त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सिताराम मेहता निर्वाचित भएका छन् । प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर २ को (क) मा बाम गठबन्धनका सर्वध्वज साँवा र २ को (ख) मा नेपाली काग्रेसका राजिब कोइराला बिजयी भएका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काग्रेसका विजय कुमार गच्छदारले बाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई पराजित गर्दै निर्वाचित भएका छन् । गच्छदारले भगवतीलाई अन्तिम समयमा आएर ३ सय २१ को मतान्तरले पराजित गरेका हुन् । प्रदेश सभा ३ को (क) मा बाम गठबन्धन तर्फका नेकपा एमालेका लिलम बस्नेत विजयी हुँदा ३ को (ख) मा नेपाली काग्रेसका अगमलाल चौधरी निर्वाचित भएका छन् । त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसका ज्ञानेन्द्र बहादुर कार्की बिजयी बनेका छन्। ४ को (क) मा नेकपा एमालेका जगदिस प्रसाद कुसियैत र (ख) मा नेपाली काग्रेसका महमद ताहिर मिया निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया