इटहरी, २१ मङ्सीर । काङ्ग्रेसका नेता उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारले आज दिउँसो दुहवी नगरपालिका–२ स्थित नविन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

उप–प्रधानमन्त्री गच्छदारको निकटतम प्रतिद्धन्दी नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य एवम पूर्व राज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्र बाट मतदान गर्नुभएको छ ।

दुई हजार मतदाता रहेको उक्त मतदान केन्द्रमा मतदान गरेपछि उप–प्रधानमन्त्री गच्छदारले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने अवसरको गौरवपूर्ण मतदान भई रहेकाले आफुले संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धि र युवाहरुलाई देशभित्रै स्वरोजगार सिर्जनाको निर्णायक कार्य भएको बताउनुभयो ।

उहाँले मतदातामा लोकतन्त्रको पक्षमा मतदान गर्दै देशले प्राप्त गरेको उपलब्धी रक्षाका लागि जुन उत्साह र उमङ्ग देखिएको छ त्यसलाई मूर्त रुप दिन लोकतान्त्रिक नेतृत्वले चुनाव जित्ने बातावरण बनिरहेकोमा आफुलाई भित्रैदेखि उत्साह जागेको पनि सञ्चारकर्मीहरुसँगको सक्षिप्त जिज्ञाशामा उक्त कुरा बताउनु भयो ।

उप–प्रधानमन्त्री गच्छदारले विपषी उम्मेदवार वा दलभन्दा आफुले निकै धेरै फरक मत प्राप्त गरेर निर्वाचन जित्ने परिस्थिति देखिएको समेत जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा राजनीतिप्रति सर्वसाधारणमा जुन निराशा देखिएको छ त्यसलाई अन्त्य गर्न पनि यो चुनावले निकाश दिने विश्वास उहाले ब्यक्त गर्नुभयो ।

यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वासले तुताहा केन्द्रबाट र नेकपा माओवादी केन्द्रका तर्फवाट विना विभागीयमन्त्री रहनु भएका जाकिर हुसैनले इटहरीको पकली मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस जिल्लामा अहिलेसम्म सम्पूर्ण मतदाताहरुले निर्वाध रुपमा मतदान गरिरहेका छन । विहान मतदान प्रारम्भ भएको केही घण्टापछि धरान उपमहानगरपालिका १६ को चन्द्र संस्कृत विद्यलायको मतदान केन्द्र बाहिर बम विष्फोट भएको छ । तर बम विष्फोटबाट सर्वसाधारण मतदातालाई कुनै असर नपरेको प्रहरीले बताएको छ ।

सुनसरीको सम्पूर्ण मतदानस्थलमा ५० प्रतिसत मतदान भई सकेको जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया