धरान । धरान १२ महेन्द्रपथ कलेज रोड प्रवेशद्वार नजिकै फेला परेको
बम नेपाली सेनाको टोलीले डिस्पोट गरेको छ ।
धरानको अत्यन्तै व्यस्त स्थान रखिएको सो वस्तु मंसिर २१ गते हुन
लागिरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन विथोल्ने समूहले राखेको
भएपनि कसले र किन राखिएको भन्ने कुरा हालसम्म खुल्न नसकेको इलाका प्रहरी
कार्यालय धरानकमा प्रमुख डिसपी रामेश्वर पौडेलले बताउनुभयो ।
लुब्रिकेन्ट्सको बट्टामा ‘खतरा छ’ भनेर लेखिएको अवस्थामा भेटिएको सो बम
धरान फुस्रेमा रहेको कालीबक्स गणका डिस्पोजल टोलीले डिस्पोज गरेका थिए
। व्यस्त बजारमै संकास्पद बस्तु फेला परेपछि स्थानीयहरु त्रसित बनेका थिए ।
प्रहरीले सो क्षेत्रलाई घेरा हानेर आसपासमा केही समय प्रवेशमा रोक
लगाइएको थियो ।
यता सेनाको डिस्पोजल टोलीले सर्वसाधारणलाई तर्ससाउन मात्र राखिएको
शंकास्पद बस्तु ग्रिजमात्रै रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया