मोरंङ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एव्म पुर्व सासद अमृत अर्याल र बाम गठबन्धन (माओवादी केन्द्र)का उमेदवार तथा विनाविभागीय मन्त्री शिब कुमार मण्डल र संघिय समाजवाद्री फोरम मोरङका अध्यक्ष राजकुमार यादव मोरङ क्षेत्र नम्मर ५ मा प्रतिनिधि सभाको उमेदवारहरु प्रतीस्प्रधामा उत्रीएका छन् ।

अर्याल र मण्डल दुवै हित्तचित्त मिल्ने साथी हुन् । राजनीतिको जग बसाइदिने नेकपा एमाले मण्डलका लागि तत्कालिन समयमा सही भएको देखिन्छ । २०५२ सालसम्म नेकपा एमालेमै रहदा मण्डल जिल्ला कमिटी सदस्य रहेका मण्डल तत्कालिन माओवादीले भूमिगत आन्दोलन चलाएपछि अचानक २०५३ सालमा माओवादीसगै सम्पर्क भएपछि मण्डल विद्यार्थी संगठन अखिल क्रान्तिकारीको जिल्ला सदस्यसमेत थिए ।

माओवादीसम्बद्ध मधेसी राष्ट्रिय मूक्ति मोर्चाको केन्द्रीय संयोजकदेखि एकीकृत माओवादी मोरङ्गको जिल्ला इन्चार्ज सम्मको जिम्मेवारी सम्हाल्दै मण्डल अहिलेको अवस्थामा बिनाबिभागीय मन्त्री समेत रहेका छन् । हाल मोरङ्ग क्षेत्र नम्बर ५ बाट एकीकृत माओवादीका तर्फबाट उम्मेद्वार बनेर चुनावी मैदानमा उत्रीएका छन् ।

उनको बिपक्षमा भने नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान सासद अमृत अर्याल चुनावी मैदानमा रहेका छन् ।

गएको संविधान सभाको दोस्रो चुनावमा ५ नम्मर क्षेत्रबाट संघिड समाजवादी फोरमका अध्यक्ष उमेन्द्र यादवलाई ३ हजार मतको अन्तरले पराजय गरेका अर्यालले यसपाली भने बाम गठबन्धनका उमेदर शिवकुमार मण्डल संग टक्कर पर्ने देखिएको ।

०३५ सालमा नेपाल विद्यार्थी संघको सभापती निवार्चीत भएको महिना दिन वित्न नपाउदै बहुदलको पक्षमा चेलेको आन्दोलनको नेतृत्व गदैगर्दा ०३५ सालमा पक्राउ परी २०४० सालमा जेल मुक्त भएको उनको राजनैतिक इतिहाँस हुन् । ०६२÷०६३ सालको जनअन्दोलनको क्रममा पक्राउ परेपछी १५ दिन बसेका ०४१ सालमा नेपली काग्रेस जिल्ला सदस्य निर्वाचीत भएका थिए ।

विना विभागीय मन्त्रीलाई टक्कर दिने अर्का नेता हुन घिय समाजवादी फोरम मोरङ अध्यक्ष राजकुमार यादव उनको । नेविसंघको साधारण सदस्य देखि माथि उक्लीन नसकेका ०६० सालमा तत्कालीन मधेशि जनअधिकार फोरम मोरङको जिल्ला सदस्य भएका

०६२÷०६३ सालको जनअन्दोलनमा पक्राउ पर्नुभएका यादव १३ दिन हिरासतमा बस्नुभएको छ । पक्राउबाट छुटे लगत्तै जिल्ला सदस्य बन्नुभएका यादव, २०६७ सालमा मोरङ अध्यक्ष बनेका थिए ।

यादव संघिय समाजवादी फोरम मोरङ क्षेत्र न ५ को प्रतिनिधि सभाको उमेदवार हुन् । अध्यक्ष उपेन्द्र यादवले क्षेत्र नंम्बर ५ मा क्षेत्रमा चुनाव नजित्ने देखेपछी राजकुमार यादवलाई उमेदवार बनाएर आफु अर्काे जिल्ला गएका हुन् । राजकुमारले शिबकुमार मण्डललाई टक्कदिने देखिएको छ ।

मोरङ क्षत्रे न ५ को प्रदेश सभ २ का उमेदवार शुभान मियाँपनी चुनावी मैदानमा उत्रीएका छन् ।

पहिलो संविधान सभाको निर्वाचनमा तराई मधेश लोकतान्त्रीक पार्टीको उमेदवारको रुपमा ५ नम्मर क्षेत्रबाट चुनावी मैदानमा उत्रीएका उनी यतीबेला प्रदेश सभाको उमेद्वारको रुपमा उत्रीएका छन् ।

त्यस्तै क्षेत्र नंम्बर ५ का क्षेत्रको प्रदेश सभाका उमेदवार मध्येका बलीया अर्का उमेदबार हुन पुर्व सासद जयराम यादव । ०६६ सालमा संघिय समाजवादी फोरमको केन्द्रीय सदस्य मनोनीत भएका उनी ०६७ सालको पार्टीको प्रमुख सचेतक समेत बन्नीसकेका उनलाई अध्यक्ष उपेन्द्रले जयरामलाई प्रतिनिधि सभाको उमेदवार नबनाई प्रदेशमा उमेदवार बनाइएको हो ।

मोरङ क्षत्रे न ५ को प्रदेश सभ २ का उमेदवार शुकदेव प्रसाद मण्डल रहेका छन् ।

प्रजातन्त्रलाई बलीयो बनाउन आफ्ना उमेदवारी भएको बताउने मण्डलले फोरमका प्रदेशका उमेदवर जयराम यादवलाई टक्कर दिने देखिएको छ ।

मोरङको ५ नम्मर क्षेत्रमा ९० प्रतिशत मधेसी मतदाता छन । कसलाई चुनाव जिताउने कसलाई हराउने तीनै मतदाको हातमा छ । एक जना विना विभागीय मन्त्री शिबकुमार मण्डल र अर्का त्यही क्षेत्रबाट चुनाव जितेका निर्वतमान संसाद अमृत अर्याल र अर्का प्रभावशाली नेता राजकुमार यादव मध्ये कसलाई त्याँहा जनताले जिताउने हुन त्यो भने भन्नसकीने अवस्था छैन । तर जनताको काम गर्नेलाई जनताले जिताउने देखिएको छ । भिजुअल एफटिपि मोरंङमा हिजै आइसकेको छ

तपाईको प्रतिक्रिया