इटहरी । आसन्न प्रतिनिधी र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनको मिती नजिकिदै जादाँ सुरक्षा चुनौती बढेको भन्दै पुर्वी पृतना मुख्यालयको सक्रियतामा बिशेष नेपाली सेनाको दस्ता परिचालन गरि रात्री गस्ति शुरु गरिएकोे छ । पछिल्लो समय निर्वाचन बिरोधी गतिबिधी बढेसंगै सुरक्षा चुनौती बढेको भन्दै पुर्वी पृतना मुख्यालयको बिशेष नेपाली सेनाको टोलीले सुरक्षा गस्ति बढाएको हो ।
प्रदेश नम्बर एकमा पनि निर्वाचन बिरोधी गतिबिधि बढे पछि सुरक्षाको लागी नेपाली सेनाको गौरी बक्स गुल्मको बिशेष सुरक्षा दस्ता परिचालन गरि निर्वाचनको समयमा सुरक्षा बढाईएको हो । दैनिक सरक्षा गस्ति मात्र नभएर रात्री कालीन समयमा हुनसक्ने खतरालाई मध्यनजर गर्दै नेपाली सेनाले सुरक्षा गस्ति बढाएको हो ।
बिभिन्न राजनितिक दलको आमसभा तथा चुनावी प्रचार प्रसारलाई लक्षित गर्दै भएका बिभिन्न बम बिस्फोटको कारण र जनतामा देखिएको त्रासको कारण सुरक्षास्थितीलाई मजबुत बनाउन नेपाली सेनाले दिनमा तथा रात्री गस्तिलाई बढाएको पुर्वी पृतना मुख्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया