इटहरी । २६औं अन्तराष्ट्यि अपागंता दिवशको अवसर तथा १६ दिवसिय महिला हिसां विरुद्धको अभियान अन्तरगत नेपाल चेलीबेटी अपागं महिला समाजले आयोजना गरेको कार्यक्रममा अपागं मैत्री भवन वनाउने दुई विद्यालयलाई सम्मान गरेको छ ।
अपागंता भएका विद्यार्थीहरुलाई सहजता प्रदान गर्न अपागं मैत्री भवन वनाउने सरस्वती जब्दी आधारभुत विद्यालय र अलइस्लाह आइडिएल स्कुल हरिनगरालाई समाजले सम्मान गरेको हो । त्यसै गरी अपागंता भएकाहरुलाई सहज बनाउन अपागं मैत्री भवन वनाउने श्रमअभियान बचत तथा ऋण सहकारीलाई समेत दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरियो ।
कार्यक्रममा अपागंता भएका सात जना विद्यार्थीहरुलाई समेत युनाइटेड मिशन टु नेपालको सहयोगमा छात्राबृत्ती स्वरुप स्कुल व्याग सहितको शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । कार्यक्रममा समाजका कानुनी सल्लाहकार रमेश पोखरेलले महिला हिंसा विरुद्ध कसरी बच्ने भन्ने विषयमा सहजिकरण गरेका थिए । सो अवसरमा अपागंता भएकाहरुका हकअधिकारका विषयमा संस्थाकी दिलकुमारी राईको अध्यक्षता तथा समिर कार्कीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा , युनाइटेड मिशन टु नेपालकी टिम लिडर बालकुमारी पुन, सस्थापक दिपकला राई, तृप्ता मगर लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया