इटहरी । सुनसरीको इटहरी ९ भलाद्मी टोलमा नेपाली कांग्रेसको चुनामी सभालाई लक्षित गरि गरिको बम बिसफोटमा परि एक बर्षे बालक सहित चार जना घाईते भएका छन् । नेपाली कांग्रेसको सभा चलिरहदाँ अज्ञात समुहद्वारा राखिएको बम बिसफोट भएको थियो ।

बम बिसफोटमा परि इटहरी ९ की निर्मला अधिकारी,समृना अधिकारी,योमन न्यौपाने, गीता आचार्य र धन बहादुर क्षेष्ठ घाईते भएका हुन् । घाईतेलाई बिराटनगरको नोवेल र न्युरोमा उपचारका लागी लगीएको छ । जमुना न्यौपानेका एक बर्षे छोरा योमन न्यौपानेलाई बमको छर्रा लागेको हो । घटनास्थलमा पुगेका प्रदेश नम्बर एकका प्रहरी प्रमुख अतीरिक्त महानिरिक्षक पशुपती उपाध्यले सुरक्षा चुनौती बढेको भए पनि सुरक्षा स्थिति मजबुद भएको दावी गरेका छन् । सुरक्षा चुनौती बढे पनि सुरक्षा नितीलाई परिवर्तन गरिने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया