इटहरी । काङ्ग्रेस नेता एवम अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आज उहाँको सुनसरी निर्वाचन क्षेत्र नम्वर ४ को दक्षिणवर्ती हरिनगरा ५ खडिटोल निवासी जेष्ठ नागरिक ११५ बर्षीय उसमान अन्सारीको बिजयी शुभकामना प्राप्त गरेर आज घरदैलो अयिभानबाट उत्साहित बन्नु भएको छ ।
चुनावी अभियानमा क्रममा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको हरिनगरा क्षेत्रमा घरदैलो अभियानमा रहने क्रममा शान्ति समृद्धि र संविधानको सफल कार्यान्वयन गर्दै देशलाई लोकतान्त्रिक पद्दती मार्फत अघि बढाउने कार्यमा यसपालीको निर्वाचनमा लोकतन्त्र पक्षधर अर्थान काङ्ेग्रेसलाई जिताउन आग्रह गर्नुहुँदा जेष्ठ नागरिक अन्सारीबाट त्यस्तो जितको शुभकामना प्राप्त गर्नुभएको हो ।
अर्थमन्त्री कार्कीले महामावन बीपी कोईराला तथा जननायक गिरिजाप्रसाद कोईरालाले आफ्नो जीवनकालमा गर्न नभ्याएका अधुरा काम पुरा गर्ने दायित्व आफुहरुको काँधमा आएको कुरातर्फ आफु सचेत भएर सक्रियतापूर्वक लागि परेको बाचा गर्नुहुँदै उहाँले काङ्ग्रेस नेताको हैसियतले जनताका अधुरा काम पुरा गर्न आफु इमान्दार भएर लाग्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
आफुले यस क्षेत्रका किसानले भोग्नु परेका समस्याप्रति सचेत रहँदै यस निर्वाचनपछि सुनसरी खोलामा तटबन्ध गरी कृषिको उत्पादत्व बृद्धिका लागि सिँचाई योजना बनाउनु पर्ने तर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुहुँदै काङ्ग्रेस नेता एव्म अर्थमन्त्री कार्कीले तपाईहरुले काङ्ग्रेसलाई मत दिनुहोस हामी काङ्ग्रेस जनताको घरदैलोमा स्थसायी सरकारसँगै विकासका योजना लिएर आउनेछौ भन्ने बचन पनि दोहो¥याउनुभयो ।
अर्थमन्त्री कार्कीले ११५ बर्षीय जेष्ठ नागरिक उसमानले अपेक्षा गर्नु भएको समाज निर्माणसँगै महामानव बीपी कोईराला र जननायक जिरिजाप्रसा कोइईरालाले देख्नु भएको प्रजातान्त्रिक समाजवाद प्राप्तीका लागि काङ्ग्रेसले नेपाल राष्ट्रलाई शीरमा राखेर इमान्दारितापूर्वक कार्म गर्ने विश्वास पनि दिलाउनुभएको छ ।
अर्थमन्त्री कार्कीले हरिनगरासँगै त्यस आसपासका मतदाताहरुसँगको घरदैलो एवम कोणसभालाई सम्वोधन गर्ने क्रममा काङ्ग्रेस जनताका माझमा हुर्किएको र जनताकै लागि बलिदानी त्याग र सङ्घर्ष गर्दै आएकाले यो देशले प्राप्त गरेको लोकतन्त्र एवम संविधानको कार्यान्वयन गरी आर्थिक समृद्धिका लागि जुनसुकै अवस्थामा पनि कसैसँग सम्झौता नगर्ने दावी समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया