इटहरी । राष्ट्यि प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा उपाध्यक्ष रामकुमार सुब्वाले गोलाकार भित्रको हलो चिन्हमा मत माग्न व्यस्त रहेका छन ।
एक चर्चित राजनितिज्ञका रुपमा रहेका सुनसरीको इटहरीका स्थाई बासिन्दा सुब्वा राप्रपा प्रजातान्त्रिकको चुनाव चिन्ह हलोमा मत माग्न सक्रिय रहेका हुन ।
पुर्व प्रशासक समेत रहेका सुव्वालाई पुर्व क्षेत्रमा निडर र सफल विकासप्रेमी राजनितिज्ञका रुपमा हेरिन्छ । राप्रपा प्रजातान्त्रिक पछिल्लो देउवा सरकारमा सहभागी हुँदा समेत सुव्वालाई पनि महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी सहित सरकारमा अध्यक्ष पशुपति समशेर राणाले पठाउन लाग्दा समेत पार्टी संगठनका लागि भन्दै सरकारमा नगई संगठन विस्तारमा लागेको एक उनी निकट एकले वताए ।

इटहरी क्षेत्रैबाट पहिलो मन्त्री बन्ने सौर्भाय समेत बटुलेका सुव्वाले मन्त्री वन्दा मन्त्रीको कुर्सी भन्दा जनताको काम प्यारो भन्दै कार्यकक्षको कुर्सीमा नवसी मन्त्रालयमा आउने सेवाग्राहीहरुका लागि वस्न राखिएको आगुन्तक कक्षबाटै सेवा दिएका थिए । राप्रपा प्रजातान्त्रिकका तर्फबाट सामानुपातिक सुचिमा रहेका सुव्वा पुर्वमा लोकतान्त्रिक गठवन्धनका लागि मत मागि रहेका छन । पार्टीको तर्फबाट हलो चुनाव चिन्ह लिएर उठेका उमेद्वारहरु जिताउन तथा पार्टीको तर्फबाट उमेद्वार नरहेको क्षेत्रका लागि सुव्वाले लोकतान्त्रिक गठवन्धनका उमेद्वारको पक्षमा मत मागि रहेका छन ।

तपाईको प्रतिक्रिया