इटहरी । नेपाल पत्रकार महासङ्घको संयोजनमा बुधवार सुनसरीको सदरमुकाम इनरुवा जिल्ला प्रशासन कार्याालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका सभापति अमर खड्काको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले निर्वाचनअघि तथा त्यसपछि सर्वसाधारण सवैले प्राप्त गर्नु पर्ने निर्वाचन सम्वन्धि सूचना प्रवाहमा कहिल्यै कन्जुस्याई नगरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले कानुन र सुरक्षाका हिसावले बन्देज गरेका बाहेक सार्वजनिक हितको पक्षमा उपलब्ध गराउनु पर्ने सूचना वा समाचार रोक्ने कार्य निर्वाचन प्रशासन एवम सरकारी एवम सुरक्षा निकायका तर्फवाट नरोकिने विश्वास समेत जनाउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष दिलिप थापामागर कोषाध्यक्ष राजेश मिश्र केन्द्रिय सदस्यहरु गोविन्द न्यौपाने र अवधेश झा तथा सुनसरीका सञ्चारकर्मीहरुले निर्वाचनका अवसरमा हुने असहजताका विषयमा सहजता बनाउने विषयमा आ आफ्नो दृष्टिकोण राख्नु भएको थियो ।
साथै सोही अवसरमा निर्वाचन अधिकृतहरु सुरक्षा निकायका प्रमुखहरु ल्गायतले निर्वाचनलाई मर्यादित पारदर्शी शान्तिपूर्ण र सर्वसाधारणको शुलभ पहुँचका आधारमा मतदान गर्न पाउने बातावरण सिर्जना गर्नका लागि एक आपसमा सहकार्य मिलाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया