झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धनले लोकतन्त्र बलियो बनाउने बताउनु भएको छ । उहाँले लोकतन्त्र बलियो भएपछि कांग्रेस आफैँ मासिने पनि बताउनु भयो ।

बुधबार गृह जिल्ला झापा आउनु भएका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारहरुसँग सो कुरा बताउनु भएको हो । काङग्रेसलाई बचाउन उसलाई कम्तीमा पाँचवर्ष प्रतिपक्षमा राख्नुपर्ने भन्दै अध्यक्ष ओलीले निर्वाचनमार्फत त्यसलाई मूर्तरुप दिन लागिएको बताउनु भयो ।

विकास र समृद्धिका कुनै एजेण्डा नभएपछि कांग्रेसले बामगठबन्धनका कारण लोकतन्त्र खतरामा परेको अनर्गल प्रचार गरेर आफ्नो चुनावी अभिष्ट पूरा गर्न खोजेको भन्दै अध्यक्ष ओलीले आक्रोस व्यक्त गर्नुभयो ।

उहाँले झापाको चुनावी परिणाम शतप्रतिशत बाम गठबन्धनको पक्षमा आउने दावी पनि गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया