। रबिन्द्र बराल रंगेली , माेरङ मंसिर १२ मंगलबार माेरङकाे रंगेली नगरपालिका ३ स्थित चिसियाङ खाेला बाट बालु बाेकेर रंगेली तर्फ अाउदै गरेको ट्याक्टर निसानथान नजिकै ईन्जिन पल्टिदा एक युवककाे मृत्यु भएको छ । रंगेली तर्फ अाउदै गरेकाे काे १ त १४१९ नम्बरको ट्याक्टर चालक बिराटनगर जतुवा घर भएका २१ बर्षका शम्भु यादवकाे साेहि ट्याक्टर काे ईन्जिन ले च्यापिएर मंगलबार दिउँसो मृत्यु भएको हाे । उनकाे पाेष्माटमका लागि रंगेली अस्पतालमा उक्त लास राखिएको ईलाका प्रहरी कार्यलय रंगेली का संन्जिव बाबू खड्काले बताए ।

तपाईको प्रतिक्रिया