काठमाडौं । नेपालीले डेभलप गरेको फरक खालको सामाजिक सञ्जाल सगुनले सेयर जारी गरेपछि अष्ट्रेलियामा बस्ने नेपालीसमेत लगानी गर्न उत्साहित देखिएका छन् । अमेरिकामा बस्ने नेपालीले स्थापना गरेको सामाजिक बिजनेस साइट सगुनले मिनी आइपिओ निस्कासन गरेर संसारभरबाट लगानी जुटाउँदै छ । लगानी गर्न केही घण्टा बाकी रहदाँ लगानीकर्ताहरुले बिश्वभरबाट लगानी गर्न चासो देखाएका छन् । यसरी चासो देखाउनेहरुमा बिदेशमा बस्ने नेपालीहरु बढी मात्रमा रहेका छन् ।
फेसबुकको जस्तै सम्भावना बोकेको सोसियल कमर्स साइट सगुन डटकममा लगानीको अपूर्व अबसर आएको उनीहरुको भनाइ छ । मिनी आइपिओले संसार भरका लगानीकर्ताको ध्यान तानेको सगुनमा लगानी गर्दा भोलिका दिनमा राम्रै प्रतिफल प्राप्त हुने एनआरएन अष्ट्रेलियाका डा. जगदीस तिमल्सिनाले बताउनु भयो । ‘तपाईंले ३ हजार डलरजति मात्रै लगानी गर्दा पनि राम्रै प्रतिफल पाउने बिश्वास लिएको भन्नुभयो । उहाँले पनि सगुनमा लगानी गर्ने तयारी गर्नु भएको छ ।

अमेरिकामा बसेर आइटीमा केही नयाँ प्रयोग गर्न सक्रिय रहेका नेपाली गिरी, कविन्द्र सिटौलासहितको टोलीले विकास गरेको स्टार्ट अप चरणमा रहेको सगुनमा विश्वभरबाट लगानी आइरहेको छ । नोबेम्बर ३० तारिक अर्थात अव केही घण्टा मात्र बाकी रहदाँ इन्भेष्ट पेजमा भएको लाइभ च्याटमा कसरी लगानी गर्न सकिन्छ भनेर बिश्वभरबाट लगानीकर्ताले चासोका साथ सोधिरहेका छन । सगुनले अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (एसइसी) ले स्वीकृत दिएपछि सेयर निस्कासन गरेको हो ।
एनआरएनकै भिमसेन सापकोटा फेसबुकले मार्क जुकरबर्गलाई बनाएजस्तै सगुनले यसका लगानीकर्तालाई प्रतिफल दिनसक्ने बताउनु भयो । ‘नेपालीहरु बीच एकाकार हुने माध्यम सगुन बन्न सक्छ, उहाँले भन्नुभयो, सगुन भोली विश्वस्तरकै परियोजना बन्न सक्छ
सगुनले मिनी आइपिओबाट २ अर्ब रुपैयाँ बराबर जुटाउने छ । नेपालबाहेक संसारभर रहेका लगानीकर्ताले सगुनमा लगानी गर्न सक्छन् । संस्थापक नेपाली भएकाले विदेशमा रहेका नेपालीलाई लगानी गर्न प्रोत्साहन गरिरेहका छन् । के थाहा भोली सगुनको अबस्था अहिलेको फेसबुकको जस्तै बन्न सक्छ । त्यतिबेला यसको कमाइको ठूलो हिस्सा नेपालीको भागमा परोस् भन्ने उनीहरुको चाहना हो
अष्ट्रेलियामा बस्दै आएका नेपाली संजिवकुमार शर्मा पनि सगुनको भविष्य राम्रो देख्नु हुन्छ । सबैको साथ पाए सगुनले प्रगति गर्ने उहाँको भनाइ छ ।
सगुनमा लगानी गर्न चाहने हरेक ब्यक्तिले कम्तिमा १ हजार डलरको सेयर किन्न सक्छन् ।

सगुनले सेयरमा अनलाइनबाट आवेदन गर्न पाउने ब्यवस्था गरेको छ । पहिलो पटक ग्लोबल मार्केटको सेयरमा डेविट÷क्रेडिट कार्डबाटै लगानी गर्न सक्ने ब्यवस्था मिलाएको छ । सगुनमा सगुन www.sagoon.com/invest मा गएर लगानीका लागि आवेदन गर्न सकिन्छ । नेपालबाट लगानी गर्न नसकिए पनि बिदेशमा बस्ने नेपालीहरु जोसग बैक खाता छ, उनीहरुले फर्म भरिसकेपछि वायर ट्रान्फर गरेर वा डेविट÷क्रेडिट कार्डबाट समेत लगानी गर्न सक्नेछन ।

तपाईको प्रतिक्रिया