इटहरी । सुनसरीमा निर्वाचन आचारसहिंता विपरित राखिएका प्रचार सामाग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयको पहलमा हटाउने काम एक तर्फ भई रहेको छ भने अर्का तर्फ दल तथा उमेद्वारहरुका प्रचार सामाग्री जारी रहेको छ ।

राजनितिक दल तथा उमेद्वारहरुले सार्वजनिक स्थलमा निर्वाचन आचारसंहित विपरित राखिएका प्रचारसामाग्रीहरु निर्वाचन अधिकृतको कार्यालयले हटाउन थालेपनि यस्ता सामाग्रीहरु राख्ने क्रम नरोकिएको हो । राजनैतिक दलहरुले सार्वजनिक ठाउँमा राखेका प्रचारसामाग्रीहरु सुरक्षाकर्मी लगाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले हटाउन थालेको छ । अर्का तर्फ राजनितिक दलहरुले राजमार्ग क्षेत्रलाई कव्जा गरेको शैलीमा वारपार ढाकेर चुनाव चिन्ह र झण्डा राख्ने क्रम रोकिएको छैन । दलका झण्डा तथा चुनाव चिन्ह सडक किनाराका पोलहरुमा राखेको तथा भाडाका सवारी साधनहरुमा समेत राखेको देखिन्छ ।

त्यसै गरी बजार क्षेत्रका चोकका चौताराहरुमा समेत दलका झण्डा र चुनाव चिन्ह राखेको देखिन्छ । निर्वाचन आचारसंहिता विपरित राखिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका सार्वजनिक स्थलमा लगाइएका झण्डाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयले हटाएको थियो । राजनितिक दलहरुलाई निर्वाचन आचारसंहिता विपरित राखिएका झण्डा हटाउन आग्रह गरिएपनि नहटाइएकाले आफुहरुले हटाएको निर्वाचन आचारसंहिता अनुगमन भेषराज भट्टराईले जानकारी दिएका थिए । उनले निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचारसामाग्री हटाउदा लागेको खर्च समेत सम्वन्धीत दलहरुबाट असुल्ने वताएका थिए । तर पनि दलहरुले अझै अटेर गर्दै प्रचारसामाग्री निर्वाचन आचारसंहिता विपरित राख्ने क्रम जारी राखेको देखिन्छ ।

तपाईको प्रतिक्रिया