इटहरी । प्रतिनिधिसभा तथा प्रदेससभाको दोस्रो चरण अन्र्तगत यही मंसिर २१ हुने निर्वाचनका लागि राजनैतिक दल तथा उमेद्वारहरु चुनाव प्रचारप्रसारमा लागि रहेको समयमा सुनसरीका किसानहरुलाई भने धान भित्र्याउन चटारो रहेको छ । दलहरु चुनाव लक्षित सभा सम्मेलनतथा मतदाताको घरदैलोमा पुग्दा पनि किसानहरु बारीमै व्यस्त पाएपछि कतिपय उमेद्वारहरु बारीमै पुगेर मत मागिरहेका छन । मतदाताका घरदैलोमा पुग्ने राजनैतिक दलका नेता तथा उमेद्वारहरु मतदाता खोज्दै खेतमा पुग्ने मात्र हैन काममा सघाए जस्तो गरी सामाजिक सञ्चालमा पनि छाउन पछि परेका छैनन ।  चुनावी अभियान लिएर राजनैतिक दल तथा उमेद्वारहरु गाउँ पसेपनि किसानहरुलाई भने धान भित्र्याउन भ्याइनभ्याई भएको देखिन्छ । धान भित्र्याउने तथा गहँु लगाउने समय भएको कारण पनि किसानहरु चुनाव भन्दा बाली भित्र्याउने र लगाउने तर्फ केन्द्रीत वनेको पाइन्छ । बारीमा भेटीएका किसानहरु जसले जिते पनि आफुहरुले काम नगरि नहुने तथा अन्नवाली नभित्र्याए खान नपाइने भन्दै खेतवारीमै व्यस्त हुने गरेको पाइन्छ । खेती किसानी गरेर जिवनयापन गर्ने किसानहरु अहिले धानवाली भित्रयाउन र त्यसपछि गहुँ ,जौ छर्ने, आलु तथा विभिन्न तरकारी लगाउन व्यस्त रहेका छन । खेतवारीमै पुगेर कस्ता उमेद्वारलाई मत दिनु हुन्छ भनी सोध्दा किसानहरु आफ्नो पीडा बुझिदिने नेतालाई मत दिने बताउछन । केही किसानहरु भने हतारहतार गरे बाली थन्काउने तथा लगाएर चुनावमा केन्द्रीत हुने वताउछन । किसानका लागि मानो रोपेर मुरी भित्र्याउने महिनाका रुपमा हरेरीन मंसिर महिनामा निर्वाचन भएको कारण पनि आफुहरुले चाहेर पनि चुनाव प्रचारप्रसार देखि सभा सम्मेलनमा समेत पुग्न नसकेको समेत कतिपय किसानहरु गुनासो गर्दछन । भने धेरै जसो बारीमा भेटिने किसानहरु निर्वाचनको समयमा किसानहरुको मत आफु तर्फ पार्न नेता तथा दलहरु कृषि क्षेत्रका लागि विशेष प्याकेज ल्याउने भन्ने मत माग्ने गरेपनि चुनावपछि त्यस तर्फ ध्यान नदिने गरेको दुखेसो पनि पोख्छन । कृषि प्रधान देश भनेर मात्र नहुने भन्दै किसानहरु दल तथा नेताहरुलाई किसानहरुलाई पलायन नहुने खाले कृषि क्षेत्रको विकासका कार्यक्रम ल्याउनु पर्नेमा सुझाव समेत दिन्छन ।

तपाईको प्रतिक्रिया