११ मंसिर, इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तिको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षिया बेचनीदेवी सरदार र ६० वर्षिया देदिया सरदार रहेका छन् । उनिहरु दुवैलाई हात्तिले कोशी गाउँपालिका ३ सरदार टोलमा आक्रमण गरेको थियो । हात्तिको आक्रमणबाट ६५ वर्षिया बृन्दादेवी सरदार समेत घाइते भएकी छिन् । दाउरा लिएर फर्किदै गरेका उनीहरुलाई उखुबारीमा हात्तीले आक्रमण गरेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया