इटहरी । प्रतिनिधिनीसभा र प्रदेससभाको निर्वाचनको मिति जतिजति नजिकी रहेको छ त्यती त्यती नै सुनसरीमा चुनावी सरगर्मी बढ्न थालेको छ ।
ठुला भनिएका दलका केन्द्रीय नेताहरु समेतको उमेद्वारी रहेको कारण पनि सुनसरीको चुनावी माहोल दिन प्रतिदिन तातिदै गएको हो । निर्वाचनको नजिकीएसंगै राजनैतिक दलका नेता कार्यकर्ताहरु मत माग्न मतदाताका घर दैलोमा पुगी रहेका छन । प्रादेसिक संरचना अन्र्तगतको पहिलो निर्वाचन भएको कारण समेत सर्वसाधारण समेत उत्साहित वनेका छन । सुनसरीमा नेपाली काँग्रेस र बाम गठवन्धनविच नै चुनावी प्रतिस्पर्धा हुने निश्चित रहेको छ । यही मंसिर २१ गते हुने निर्वाचन कसको पक्षमा हुने भन्ने अटकलवाजी समेत गर्न थालिएको छ । निर्वाचन नजिकीएसंगै जितहारको अडकलवाजी चिया पसल देखि चौतर्फी रुपमा हुन थालेको हो । यस क्रममा कतिपयले हालै सम्पन्न स्थानिय .तहको निर्वाचनको परिणामलाई आधार मान्दै सुनसरीमा तिन वटा प्रतिनिधिसभामा काग्रेसले बाजी मार्ने र एउटामा मात्र बाम गठवन्धन विजयी हुने अनुमान गर्न थालेका छन । भने अर्काे तर्फ प्रतिनिधिसभा तर्फ राजनैतिक आस्थाका आधारमा उमेद्वारहरुले मत पाउने तथा प्रदेससभाका स्थानीय तहमा जस्तै उमेदवारहरुको प्रभावका आधारमा मत खस्ने लख समेत काट्न थालिएको छ ।
सुनसरीबाट ४८ साल देखि नै निर्वाचित हुँदै आएका काग्रेसका प्रभावशाली विजयकुमार गच्छदार यस पटक पनि सुनसरी ३ बाट चुनावी मौदानमा रहेका छन उनलाई बामगठवन्धनकी साझा उमेद्वार भगवती चौधरीले टकराव दिने अनुमान गरिएको छ । नेपाली काग्रेसको राजनितिबाट उदायका गच्छदार पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरमका तर्फबाट विजयी वनेका थिए भने दोस्रो संविधानसभामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट निर्वाचित हुँदा अहिलेकै प्रतिस्पर्धि भगवती चौधरीलाई झीनु मतान्तरले मात्र पराजित गरेका थिए । गच्छदार पुन नेपाली काग्रेसमा आएको कारण उनी सुरक्षीत रहेको एक पक्षको वुझाई रहेको छ भने सामाजिक संस्था र वित्तिय संस्था सञ्चालन गर्दै राजनितिमा लागेकी चौधरीलाई पनि कमजोर ठान्नु नहुने अर्काे पक्षको तर्क रहेको छ । सुनसरीकै क्षेत्र नम्वर ४मा काग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यो क्षेत्रको चुनावी माहोल चर्चाको शिखरमा रहेको छ । करिव एक वर्ष अघि मात्र राप्रपा नेपाल परित्याग गरि एमालेमा प्रवेश गरेका रमेश श्रेष्ठ उनका प्रतिस्पर्धी रहेका छन । श्रेष्ठ शाही कालका जिल्ला विकास समितिका सभापति समेत रहेका कारण र पञ्चायतकालका गृहमन्त्री होमबहादुर श्रेष्ठका छोरा भएको कारण पनि यि दुईको प्रतिस्पर्धा समेत रोचक वन्ने अडकल गरिएको छ । काग्रेसको समर्थनमा सुनसरी १ बाट प्रतिनिधिसभामा उमेद्वार रहेका अशोक राईको चुनावी प्रतिस्पर्धामा रहको कारण पनि सुनसरी १ पनि चर्चामा रहेको छ । यो क्षेत्रमा उनकै राजनैतिक शिष्यका रुपमा हेरिने एमालेका जयकुमार राई चुनावी मौदानमा रहेका छन । त्यसै गरी एमालेका सचिव भिम आर्चाय सुनसरीबाट प्रदेससभामा चुनावी मौदानमा रहेका छन । आफुलाई भावी मुख्यमन्त्रीका रुपमा दावी चुनावी प्रतिस्पर्धामा उत्रिएका आर्चाय स्थानीय तह देखि प्रतिनिधिसभामा प्रदेससभाको टिकट वितरणमा मुछिन पुगेका कारण एमाले भित्रैबाट उनको विरोध भएपनि उनलाई कम आक्न भने मिल्दैन ।
राजनैतिक दलका उमेद्वारहरुले विगतमा पाएका मत र अहिले भएको गठवन्धनलाई आधारमा मान्दै चुनावी परिणामको पुर्व अनुमान गर्नेहरुले जस्तो सुकै भविष्य वाणी गरेपनि कसले नै बाजी मार्छ अहिले नै भन्न सक्ने अवस्था भने देखिदैन ।

तपाईको प्रतिक्रिया