इटहरी, । नेपाली काङ्ग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा आज सुनसरी जिल्लाको दक्षिणवर्ती निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गतको देवानगञ्जमा पार्टीद्धारा आयोजित चुनावी प्रचारसभामा सहभागित हुनु हुने कार्यक्रम रहेको सुनसरी काङ्ग्रेस पार्टी सभापति राजिव कोईरालालले जानकारी दिनु भएको छ ।
प्रधानमन्त्री देउवा दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी मङ्सीर २१ गते हुने निर्वाचन अन्तर्गत तेह्रथुम झापा र सुनसरीमा नेपाली काङग्र्रेस पार्टीद्धारा आजै आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा आउन लाग्नु भएको सभापति कोईरालाले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसका तर्फवाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनु भएका पूर्व राज्यमन्त्री सिताराम मेहता र प्रदेशसभा सदस्यका लागि क्षेत्र ख बाट उम्मेदवार रहनु भएका पार्टी सुनसरी सभापति राजिव कोईरालाको चुनावी क्षेत्रमा आयोजना गरिएको पार्टी प्रचारसभालाई प्रधानमन्त्री देउवाले सम्वोधन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले थप जानकारी दिनुभयो ।
सार्वजनिक चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री देउवा देवानगञ्ज गाउँपालिका क्षेत्रमा आयोजित पार्टीको चुनावीसभालाई सम्वोधन गर्न आई पुग्नुहुँदा उप प्रधानमन्त्री बिजयकुमार गच्छदार र अन्य नेताहरुको सहभागितालाई दृष्टिगत गरी उच्च सुरक्षा सतर्कता सहित चुस्त गतिले शान्ति सुरक्षाका लागि तयारी भई सकेको सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो ।
पार्टी सभापति एवम प्रधानमन्त्री देउवा आजै राजधानी काठमाण्डौ फर्कने कार्यक्रम रहेको सुनसरी जिल्ला सुरक्षा निकायले जानकारी दिएको छ ।प्रधानमन्त्री देउवा–चुनावीसभा
इटहरी, १२ मङ्सीर
। नेपाली काङ्ग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा आज सुनसरी जिल्लाको दक्षिणवर्ती निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गतको देवानगञ्जमा पार्टीद्धारा आयोजित चुनावी प्रचारसभामा सहभागित हुनु हुने कार्यक्रम रहेको सुनसरी काङ्ग्रेस पार्टी सभापति राजिव कोईरालालले जानकारी दिनु भएको छ ।
प्रधानमन्त्री देउवा दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी मङ्सीर २१ गते हुने निर्वाचन अन्तर्गत तेह्रथुम झापा र सुनसरीमा नेपाली काङग्र्रेस पार्टीद्धारा आजै आयोजित चुनावीसभालाई सम्वोधन गर्ने क्रममा आउन लाग्नु भएको सभापति कोईरालाले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसका तर्फवाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनु भएका पूर्व राज्यमन्त्री सिताराम मेहता र प्रदेशसभा सदस्यका लागि क्षेत्र ख बाट उम्मेदवार रहनु भएका पार्टी सुनसरी सभापति राजिव कोईरालाको चुनावी क्षेत्रमा आयोजना गरिएको पार्टी प्रचारसभालाई प्रधानमन्त्री देउवाले सम्वोधन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले थप जानकारी दिनुभयो ।
सार्वजनिक चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री देउवा देवानगञ्ज गाउँपालिका क्षेत्रमा आयोजित पार्टीको चुनावीसभालाई सम्वोधन गर्न आई पुग्नुहुँदा उप प्रधानमन्त्री बिजयकुमार गच्छदार र अन्य नेताहरुको सहभागितालाई दृष्टिगत गरी उच्च सुरक्षा सतर्कता सहित चुस्त गतिले शान्ति सुरक्षाका लागि तयारी भई सकेको सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो ।
पार्टी सभापति एवम प्रधानमन्त्री देउवा आजै राजधानी काठमाण्डौ फर्कने कार्यक्रम रहेको सुनसरी जिल्ला सुरक्षा निकायले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया