इटहरी, १० मङ्सीर । नेपाली काङ्ग्रेसका नेता एवम अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक हिसावले सुनसरी जिल्लाको अत्यन्तै विकट मानिएको प्रकाशपुर र महेन्द्रनगरबाट अलग भएर रहेको कोशी पारिको श्रीलङ्का टापु क्षेत्रका मतदाताहरु समक्ष आज भेटघाट र साक्क्षात्कार गर्नुभएको छ ।
ऋर्थमन्त्री कार्कीले नेपाल सरकारको स्थानीय प्रशासनको पहुँचबाट समेत अगल रहँदै आएका त्यहाँका मतदाता समक्ष एक आपसमा सुखदुःख र विगतमा निर्वाचित नेताहरुले ध्यान दिए वा नदिएको भए पनि आफुले श्रीलङ्का टप्पुवासीले भोग्दै आउनु परेका समस्याप्रति नजिकबाट जानकारी लिई समाधानमा भरपुर सहयोग पु¥याउन काङ्ग्रेस प्रतिबद्ध रहनेछ भन्ने प्रतिबद्धता ब्यक्त गर्नुहुँदै त्यही उद्देश्य लिएर आफु यहाँ आएको विश्वास समेत ब्यक्त गर्नुभयो ।
उदयपुरको रामपुर ठोक्सिला देखि दक्षिण तथा कोशी ब्यारेजदेखि उत्तर सुनसरी जिल्लाको पर्यटकीय क्षेत्र कोशीटप्पु बन्यजन्तु आरक्षदेखि पश्चिमको बस्तीमा चुनावी घेटघाटको कार्यक्रम लिएर पहिलो पटक पुग्नु भएका अर्थमन्त्री कार्कीले श्रीलङ्का टप्पुवासीले झेल्दै र भोग्दै आउनु भएको समस्यालाई राष्ट्रिय समस्याका रुपमा काङ्ग्रेसले हेर्ने विश्वास दिलाउनुहुँदै त्यसका लागि आफुले इमान्दार भएर काम गर्ने बचन पनि दिनुभयो ।
वि.सं. २०४५ साल भदौ ५ गते उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्र विन्दु बनाएर आएको बिनासकारी भुकम्पछि भोलिपल्टै भदौ ६ गते सप्तकोशी नदी चतराबाट पूर्वतिर हान्निएपछि उदयपुरको बसाहा पूर्वपट्टि र सप्तकोशी नदीको पश्चिमपट्टि तत्कालका सानो गरैया बस्ती टप्पुमा परिणत भएको साविक प्रकाशपुरको ४ र ५ वडा र महेन्द्रनगर गाविसको वडा नम्वर ५ गरी तीन वार्डबासीको त्यो क्षेत्रमा साझा बसोवास थलो रहन पुगेको छ ।
नेपाल सरकारको स्थानीय प्रशासनको समेत पहुँचभन्दा पृथक वस्तीका रुपमा रहन पुगेको हालको बराह नगरपालिका ९ को श्रीलङ्का टप्पुमा झण्डै एघार सय चन्द्रवंशी सम्प्रदाय र केही पहाडे समुदायको समेत घर परिवारको बसोवास रहेको श्रीलङ्का टप्पुको बस्तीमा नेपाल सरकारका बहालवाला मन्त्रीका रुपमा पहिलो पटक पुग्नु भएका अर्थमन्त्री कार्कीले त्यहाँको समस्यालाई आफुले राष्ट्रिय समस्याभित्र राखेर काङ्ग्रेसले समाधानमा पहिलो प्राथयमिकता दिने बचन पनि दिनुभयो ।
भेटघाट एवम चुनावी कार्यक्रमलाई लिएर त्यहाँ पुग्नु भएका अर्थमन्त्री कार्की समक्ष श्रीलङ्का टप्पुका स्थानीयवासी हरेक बर्ष जङ्गली हात्ती, संरक्षित अर्ना बँदेल लगायतले दिने हैरानी एवम पीडाबाट राज्यले कसरी मुक्ती दिन सक्छ त्यो विषयमा राज्यले विेशष ध्यान दिन आग्रह गर्नुभएको छ ।
श्रीलङ्का टप्पुवासीले आफ्नै देशको नागरिकका रुपमा सहयोग दिनका लागि राज्यले विशेष पहल गर्नु पर्ने तर्फ अर्थमन्त्री कार्कीलाई मन्त्रीका रुपमा पहिलो पटक आफ्नो गाउँघरमा पाउँदा ठूलौ गौरव समेत भएका छौ भन्दै टप्पुवासीले अर्थमन्त्री कार्कीको स्वागत समेत गरेका छन ।

तपाईको प्रतिक्रिया