इटहरी । इटहरी उपमहानगरपालिकाले सिएफल बल्ब खरिदका विषयमा सञ्चार माध्यममा आएको समाचार तथा अख्तियारले अनुसन्धान थालेपछि छानवीन समिति गठन गरेको छ ।

बल्ब खरिदमा आर्थिक अनियमितता भएको भन्दै समाचार प्रकासमा आईरहेको तथा अख्तियारले अनुसन्धान थालेको समयमा पारेर उपमहानगरपालिकाले सात सदस्सीय छानवीन समिति गठन गरेको हो । छानविन समिति गठन गरेको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उपमेयरले लक्ष्मी गौतमले छानविन समितिको पहिलो प्रतिवेदन नआए सम्म खरिद प्रकृया स्थगन गरिएको जानकारी दिइन । त्यसै गरी यस भन्दा पनि उपमहानगरपालिकाले टेन्डर गरेर खरिद गरेका सामाग्रीहरुको विषयमा समेत छानवीन थाल्ने वताईन । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ उपमहानगरपालिकाका मेयर द्धरिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले जवाफ दिएका थिए ।

यता उपमहानगरपालिकालाई दररेट उपलब्ध गराउने उद्योग वाणिज्य संघ इटहरीलेपनि पत्रकार सम्मेलन गरी आफुहरुले एक वर्ष अघि उपलव्ध गराएको दररेट अहिलेको बजार मुल्यसंग तुलना गर्न नहुने जनाएको छ । इटहरी उपमहानगरपालिकाले सिएफएल बल्ब तथा सोको सेट उद्योग वाणिज्य संघ इटहरीले पठाएको दररेट भित्रै रहेर खरिद गरेको जनाउदै आएको थियो ।

तपाईको प्रतिक्रिया