कृष्ण भट्टराई
इटहरी । मुलुकको सवै भन्दा ठुलो नदि कोशीमा जलयात्रा संचालनमा ल्याउन सके पहाडी क्षेत्रका मानिसहरुको यात्रा सहज हुनुका साथै पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने देखिन्छ ।
कोशीको जलमार्ग भएर भोजपुर र खोटागं सम्म जलयात्राको व्यवस्था मिलाउन सके आवत जावतका लागि समय तथा खर्च कम हुने मात्र नभएर पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने देखिएको हो । सुनसरीको बराहक्षेत्र देखि भोजपुरको सिम्ले सम्म हाल एक मोटरवोट सञ्चालनमा रहेको छ । भोजपुरको पश्चिमी क्षेत्रका मानिसहरुलाई मोटरवोट सञ्चालनमा आएपछि सहजता भएको उनीहरु सुनाउछन । मोटरवोट सञ्चालनमा आउनु भन्दा अगाडि सम्म पौदल यात्रा गर्दै सामानहरु समेत बोकेर आवतजावत गर्ने गरेकोमा मोटरवोट सञ्चालनमा आएपछि सहज भएको उनीहरुले महसुस गरेका छन । तर निजी क्षेत्रबाट सञ्चालन भएको मोटरबोट समेत नियमित नहुँदा आफुहरु समस्यामा पर्ने गरेको पहाडि क्षेत्रका मानिसहरु गुनासो गर्दछन ।
कोशी नदिमा नियमित रुपमा जलयात्राको व्यवस्था मिलाउन सके यातायातको सहज पहुच नभएका धनकुटा र भोजपुरका पश्चिमी क्षेत्रका मानिसहरुले सहज रुपमा तराईमा आफ्ना उत्पादनहरु पुर्याउन सक्ने छन भने तराईमा उत्पादीत सामानहरु समेत सहज रुपमा पहाड सम्म पुर्याउन सक्ने थिए । यातायातको सुविधाको अभावमा आफना उत्पादनहरु वजार सम्म ल्याउन नपाउदा पहाडि क्षेत्रका किसानहरु मारमा पर्दै आएका छन भने स्वास्थ्य उपचारका लागि समेत समयमै तराई सम्म आउन कठिनाई हुने गरेको छ । त्यसै गरी सप्तकोशी भएर खोटागं र भोजपुर सम्म जलयात्राको लागि मोटरवोटहरु संचालन गर्न सके पुर्वी नेपालका प्रसिद्ध धेरै धार्मीक स्थलहरु एकै दिनमा पुग्न सकिने बराहक्षेत्रका सुरेश श्रेष्ठ वताउछन ।
कोशी भएर जलयात्राको लागि मोटरवोट संचालन गर्न सके पुर्वका पशुपति भनेर चिनीने खोटागंको हलेसी , सुनसरीको वराहक्षेत्र , धनकुटाको छिन्तागं देवी जस्ता धार्मीक क्षेत्रहरुका साथै पुर्वको प्रमुख पर्यटकीय क्षेत्र कोशी टप्पुवन्य जन्तु आरक्ष सम्मको यात्रा सहज हुने थियो । सप्तकोशी भएर दुधकोशीको जलयात्रा गर्दै खोटागंको हलेसी महादेवको दशर्न पुजाआजा गरी त्यही दिन फर्कन तराईका मानिसहरु सक्षम हुने छन भने सप्तकोशी हुदै अरुणवाट धनकुटा र भोजपुर सम्म पनि त्यसरी नै यात्रा गर्न सकिने छ । कोशी नदिमा मनोरञ्जनका लागि पनि व्यवस्थित रुपमा बोटिको व्यवस्था गर्न सकिने पनि देखिन्छ । कोशीमा मनोरञ्जनका लागि गरिएका वोटिगंलाई हेर्दा समेत कोशीमा बोटिगंको पनि प्रचुर सम्भावना देखिन्छ ।
कोशीमा जलयात्रालाई व्यवस्थित वनाउन सरकारी स्तरबाटै कोशीको विचमा मोटरवोट र बोटिगंलाई असर गर्ने गरी रहेका ठुला ढुगांहरु हटाएर जलयात्राका लागि निति नियम बनाउने तर्फ ध्यान जानु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया