पथरी । सामुदायीक बिकास मञ्च नेपालको आयोजनामा अन्तर धार्मीक संजाल मोरङले लेटाङ नगरपालिकाको राजारानीमा अन्तर धार्मीक शान्ती पार्क निर्माण स्थलको अवलोकन गरेको छ । संजालले धर्म भित्रको अन्तर द्वन्द हटाएर शान्ती स्थापना गर्ने उदेश्यले शान्ती पार्क निर्माण गर्न लागेको हो । धर्ममा आएको अन्तर द्वन्दले देशमा आएको बिकृती बिसंगती र “सबै धर्मको एउटै चाहना अहिंसा र शान्तीको कामनन” भन्ने मुल उदेश्य जगाउदै आएको अन्तर धार्मीक संजालले ५ वटा धर्मको मठमन्दिर समेटिने गरि पार्क निर्माण गर्ने योजनाका साथ बिहिबार अनुगमन गरेको छ । लेटाङ नगरपालिका वडा नम्वर १ मा रहेको धिमाल जातिको उध्गम स्थल राजारानीको पर्यटन प्रवद्धन गर्ने शान्ती पार्क निर्माण कार्य सुरु गर्दै आएको छ । यो योजना ठुलो बजेटको भएको शान्ती मन्त्रालयमा समेत परिसकेकोले धार्मीक गुरुहरुलाई संगै लगेर यसको बिकास गर्न सके नमुना मेलमिलमप केन्द्र बन्ने र नेपालको पर्यटनमा बिकासहुने हुनाले प्राइभेट सेक्टरलाई समेटेर जादा यसको प्रबद्धन सम्भव रहेको सामुदायिक बिकास मञ्च नेपालका सस्थापक सदस्य भुपेन्द्र लावतीले बताउनु भयो ।
उत्त संजालले धर्म बिचको बिभेदका बिषयमा बिभिन्न अन्तरक्रिया गदै आएको छ भने देशमा शान्तीको कामनाका निम्ती सन्देश दिदै आएको छ ।
पुर्वमा रहेको हिन्दु, बैद्ध, स्लाम, कृष्यन र किरात धर्मको सामुहिक मटमन्दिर रहने भएकाले पर्यटनमा टेवा पुग्नै” युनाईटेट मिसन टु नेपाल सुनसरीकी शान्ती निर्माण शाखाकी सदस्य बिमला श्रेष्ठले जानकारी दिनु भयो ।
सबै धर्मको उदेश्य भनेको एउटै हो भन्ने सन्देश जगाउन राजारानीमा पार्क निर्माण गर्न लागिएको अन्तर धार्मीक शान्ती संजालका सदस्य फिरोज आलमले बताए भने वडा अध्यक्ष विष्णु मगरले अन्तरधार्मीक शान्ती संजालले सबै धर्महरुलाई एक सुत्र बनाएर निर्माण गर्न लगेको कार्यमा सहयोग गर्ने नगरबाट समेत सहयोगको पहल गर्ने प्रतिबद्धता दिनु भयो ।
स्थानीय तहले पनि हेर्नु पर्ने संजालले १ बर्ष भित्र गरेको कार्य बिधिको प्रतिबेदन समेत प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया