मोरगं । उत्तरी मोरगंको चिसाँग खोला क्षेत्रमा सञ्चालीत क्रसर उद्योगहरु लामो समय देखि वन्द हुँदा आफुहरु मारमा परेको लेटागं तथा आसपासका वासिन्दाहरुले गुनासो गरेका छन ।

क्रसर उद्योगबाट रोगजारी पाएकाहरु मात्र हैन अन्य स्थानीयले समेत पहाडि क्षेत्रबाट बगाएर ल्याउने ढुगांगिटी ,बालुवा जस्ता खोलाजन्य वस्तुहरु ननिकाल्दा खोलाको बाढि वस्तीमा परेर क्षति पुर्रयाउने गरेको गुनासो गरेका हुन ।
चिसाँग खोलामा कानुनी प्रावधान र मापदण्ड पुरा गरेर सञ्चालनमा रहेको क्रसर उद्योगहरु बन्द हुँदा क्रसर उद्योगमा काम गरेर जिवनयापन गर्दै आएकाहरुले रोजीरोटी गुमेको भन्दै गुनसो गरेका छन भने खोलाबाट खोलाजन्य वस्तुहरु ननिकाल्दा बाढिले क्षति पुर्याउदै आएको स्थानीय वताउछन । क्रसर उद्योगहरु सञ्चालनमा आउनु अघि खोलामा थुप्रीने खोलाजन्य वस्तुहरुले गर्दा वर्षायाममा बाढि वस्तीमा पस्ने गरेको समेत स्थानीयले गुनासो गरेका छन । सो क्षेत्रका स्थानीयहरुले अन्य ठाँउमा सञ्चालनमा रहेका क्रसर उद्योगहरुले मापदण्ढ पुरा नगरेको तथा जथाभावी रुपमा उत्खनन गर्ने गरेको कुरालाई लिएर वन्द गराउने काम भएको स्थानीयको आरोप रहेको छ । क्रसर उद्योग सञ्चालनमा आएपछि स्थानीयले रोजगारी पाउनुका साथै सो क्षेत्रको विकास निर्माणमा समेत क्रसर उद्योगहरुले सहयोग गर्दै आएको समेत स्थानीय वताउछन । लामो समय देखि क्रसर उद्योगहरु बन्द रहँदा आफुहरु मारमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरगंमा क्रसर उद्योग सञ्चालनको बातावरण वनाई दिन आग्रह गर्दै ज्ञापन पत्र समेत वुझाएका छन । सो ज्ञापन पत्रमा खोलाबाट बालुवा ननिकाल्दा बालुवाको मात्र धेरै भएर खोलाको पानी वस्तीमा पस्ने समस्या रहेको समेत उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया