इटहरी÷ उप्का नेपालले संचालन गरेको दोस्रो अवसर परियोजना कार्यक्रम अन्तरगत बालिका किशोरी र महिलाहरुको न्यायिक तथा उद्धार संगै आत्मनिर्भरका लागि काम गर्दै आएको कार्यक्रमका विषयमा इटहरीको मनशान्ता आयोजित सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा उक्त अवसर परियोजनाले इटहरी र यस आसपासका क्षेत्रमा मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएका झण्डै पाँच सयबढिलाई बाहिर निकालेर उनीहरुलाई आत्मनिर्भरतासँगै आय आर्जनका लागि शिक्षा स्वास्थ्य एवम अन्य सिपमुक कार्यमा अग्रसर गराउने सफलता प्राप्त गरेको कार्यक्रममा प्रस्तुत उपलब्धी सम्वन्धि प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रदेश १ को केन्द्र विन्दु इटहरीलाई लक्षित गरी मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएका बालिका तथा किशोरी महिलाहरुमाथि हुने यौनिक शारिरीरक मानसिक र श्रम शोषण जस्ता विभेद एवम मानवता विरोध कार्य रोकी त्यस्ता कार्यमा सम्लग्न हुन बाध्य पारिएकाहरुको समाजमा पुनस्र्थापन गर्न अवसर परियोजनाले काम गर्दै आएको विषयमा लेखाजोखा गरिएको छ ।
परियोजनाले इटहरी र यस आसपासका क्षेत्रमा गरेको उद्दार एवम उनीहरुलाई त्यस्ता कहाली लाग्दो अवस्थाबाट बाहिर निकालेर आय आर्जनसँगै समाज एवम परिवारमा पुनस्र्थापना गराउने तथा आपतकालिन सेवा आश्रमहरुमा आश्रय दिएर उनीहरुले भोग्नु परेका कठिन जीवनशैलीबाट मुक्त गर्ने कार्यमा गरेको उल्लेखनीय कार्यका विषयमा पनि ब्यापक रुपमा समीक्षा गरिएको छ । होटल लज ब्यवसायी सङ्घका सचिव उमेश दाहालको अध्यक्षता तथा उद्योग बाणिज्य सङ्घ इटहरीका बरिष्ठ उपाध्यक्ष शेलेस विष्ट प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उप्का नेपालकी कार्यकारी निर्देशक सकुन्तला सुब्बा श्रद्धा लिम्वु कार्यक्रम अधिकृत इन्द्रमति नेम्वाङ्ग, अम्विका पौडेल लगायतलेसामाजिक लेखाजोखा कार्यक्रममा आ आफ्ना धारणा राखेका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया