इटहरी । कोशीराजमार्ग अन्र्तगत सुनसरीको इटहरीस्थित हलगडामा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । को १ च ७००९ नम्बरको एम्बुलेन्सले को ३२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार १ जनाको घट्ना स्थलमा र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
सवारी दुर्घटनामा परी मृत्यु हुनेमा इटहरी उपमहानगर पालिका २ हवाइ चोकका ४५ वर्षका डुकबहादुर कार्की, रिद्धी गाँउपालिका ४ पाल्पाका ४० वर्षका निर्मल गौतम र बराहा नगर पालिका ६ की ४६ वर्षकी सरिता काफ्ले रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटना पछि एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

तपाईको प्रतिक्रिया