सुनसरी क्षेत्र नम्वर तीनमा वाम गठवन्धनकी साझा उमेदवार भगवति चौधरीले सुनसरी ३ को नेतृत्व महिलाले गर्ने दावी गर्नु भएको छ । बाम गठवन्धनले गढीको छिटाहामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सुनसरी ३ को विकास र सम्वृद्धिको कुशल ब्यवस्थापनकालागि जनताले आफूलाई रोज्नेमा ढुक्क रहेको वताउनुभयो ।
उहाँले क्षेत्र नम्वर तीनको विकास र सम्वृद्धिका लागि कुनै कसर वाँकी नराखी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । नेतृ चौधरीले यस क्षेत्रवाट पटक पटक चुनाव जीतेर उपप्रधानमन्त्री र मन्त्री भएपनि जनताका लागि विजय कुमार गच्छेदारले केहि काम नगरेको आरोप लगाउनुभयो । विपक्षीले भगवति चौधरी महिला भएकाले महिलाले केही पनि गर्न नसक्ने र नेतृत्व लिन नसक्ने वताएको भन्दै २६ बर्षमा हुन नसकेको विकासको काम ५ बर्षमा गरेर नारीशक्तिको उदाहरण प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सत्तासिन व्यक्तिवाट महिलाका सम्वन्धमा त्यस किसिमका गलत विचार र भावनाहरु प्रचार गर्नु दुर्भाग्य भएको वताउनुभयो । चौधरीले महिला भएकोमा आफूमा गर्व रहेको वताउनुभयो । उहाँले आजै छिटाहा र ईटहरीको नरभसामा आयोजित कार्यक्रमलाई पनि सम्वोधन गर्नुभयो । छिटाहामा नेपाली काँग्रेस गरित्याग गरी अनिल मुडियारी र कुशेश्वर मण्डलको नेतृत्वमा ८० जना र ईटहरीको नरभसाबाट नेपाली काँग्रेस परित्याग गरी रुकमैन चौधरीको नेतृत्वमा ७० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । एमाले प्रवेश गर्ने ब्यक्तिहरुले सुनसरी क्षेत्र नम्वर तीनको सम्वृद्धि र विकास भगवति चौधरीको नेतृत्वमा मात्र हुन सक्ने विश्वासमा एमाले प्रवेश गरेको वताएका छन ।

 

तपाईको प्रतिक्रिया